Saturday, August 25, 2012

ट्रक र जीप जुद्धा दुईजनाको मृत्यु

- पृथ्वी राजमार्गको चितवन दारेचोक गाविस वडा नं. ३ लेवरटार भन्ने ठाउँमा शनिबारबिहान सात बजे ट्रक र जीप एक आपसमा ठक्कर खाँदा दुईजनाको निधन भएको छ। एकजनाको गम्भिर अवस्थामा उपचार भइरहेको छ।
मृतक र घाइते जीपमा रहेका व्यक्तिहरु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट नारायणगढ आइ रहेको ना ३ ख ६२० नम्बरको ट्रक र चितवनबाट काठमाडौं जाँदै गरेको लु १ च ४२९३ नम्बरको कुखुरा बोकेको जीप एक आपसमा ठक्कर खाएका हुन्। प्रहरीका अनुसार जीपका चालक नवलपरासी सुनवलका २२ वर्षीय कृष्ण बरालको निधन भएको छ।
त्यस्तै जीपमा रहेका अर्का व्यक्ति नवलपरासी जहदा ९ का २० वर्षीय प्रदिप महर्जनको पनि ज्यान गएको प्रहरीको भनाइ छ। जीपमै रहेका नवलपरासी बर्दघाटका १८ वर्षीय प्रकाश थापाको भरतपुरमेडिकल कलेजमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ।

No comments:

Post a Comment