Monday, September 24, 2012

बुटवलबाट पाल्पा सम्मको यात्रा सुरक्षित गर्न सुरुङ मार्गको माग

बुटवल । सिद्वार्थ राजमार्गअन्तर्गत बुटवलदेखि पाल्पासम्मको सडकको
यात्रालाई सुरक्षित गर्न सुरुङ मार्ग निर्माणका लागि भौगोलिक अध्ययन गर्न
सरोकारवालाले राज्यसँग माग गरेका छन् ।
बुटवलदेखि रामफेदी हुँदै पाल्पाको दोभानसम्मको करिब ६ किलोमिटर सडकमा
यात्रा गर्ने क्रममा सडकमाथिको चुरे पहाडमा पहिरो गएर बर्सेनि मानवीय
क्षति भइरहेकाले त्यसलाई रोक्न सुरुङ मार्गको निर्माण आवश्यक रहेको
उनीहरुको भनाइ छ ।
उनीहरुले करिव ६ किलोमिटर लामो सुरुङ मार्ग बनाउन ठूलो लगानी गर्नुपर्ने
भएकाले केन्द्रीय बजेटमा त्यसको व्यवस्था गर्न राज्यसँग पहल गरिदिन
राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
सुरक्षित यात्रा अभियान नेपालले आज बुटवलमा आयोजना गरेको छलफल
कार्यक्रममा बोल्ने वक्ताहरुले चुरे पहाडबाट झर्ने पहिरोले बर्सेनि
मानवीय क्षतिका घटनाहरु भइरहेको बताउँदै यो विषयलाई प्राथमिकतामा पार्न
जनस्तरबाट राज्यलाई दवाव दिन जरुरी रहेको बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (एमाले)का सचिव विष्णु पौडेलले
बुटवलदेखि पाल्पाको यात्रालाईसुरक्षित बनाउन विभिन्न अस्थायी विकल्पहरु
भएपनि भरपर्दो र दीर्घकालीन समाधान सुरुङ मार्गनै भएको बताएका थिए ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृण खाणले तल्लो
सिद्धबाबादेखि दोभानसम्मको सडकलाई सुधार गर्न चाहिने आवश्यक बजेट
व्यवस्थापन गर्न राज्यसँग माग गर्ने प्रतिवद्वता जनाए

No comments:

Post a Comment