Monday, September 24, 2012

सर्प मोहका कारण विवाह गर्न पाएनन् यी युवकले..(फोटोसहित)

८ असोज, एजेन्सी । अहमदाबादको साबरमति शहरी क्षेत्रमा बस्दै आएका
हिमांशुको घर आजकल सर्पहरुको बगैचा नै बनेको छ । सर्पप्रति तिव्र लगाव
भएका हिमांशूको घर वरपर सर्पहरूको घुमघाम देख्न पाइन्छ ।हिमांशुको
सर्पप्रतिको मोह या भनौ शौखका कारण उनको घरपरिवारलाई घरमा बस्न नै गाह्रो
हुन थालेको छ । हिमांशुको सर्पप्रतिको मोहका कारण घरमा सर्पहरू ल्याउने र
तीनको हेरचाह गर्ने गर्दा घरका अन्य सदस्यलाई भने घरमा हिडडुल गर्न समेत
होसियार र डर मान्नु पर्ने हुन्छ ।
हिमांशुको सर्प मोहका कारण उनको विवाह समेत हुन सकेको छैन् । हिमांशुको
यो बानीले केटीहरू समेत उनीसँग विवाहका लागि डराउँछन् । सर्पसँग खल्ने
उनीसँग विवाह गर्दा सर्पकै कारण आफ्नो ज्यान जान सक्ने सम्भावना भएका
कारण पनि केटीहरू हिमांशुसँग विवाह गर्न डराएका हुन् ।
हिमांशु सधै सर्पको रेखदेख तथा सर्पलाई बचाउने कार्यमा लाग्ने गर्छन् ।
उनले यही २२ जुलाईमा जिएसटी रेल स्टेशन नजिकै एउटा सर्प देखिएको खबर पाए
। त्यसपछी उनी त्यहाँ तत्काल पुगे र उक्त सर्पलाई एउटा डिब्बामा हालेर
जंगलमा छोडिदिन लगे । जब उनले सर्पलाई छोड्नका लागी डिब्बा खओले उनले
उक्त डिब्बामा ११ वटा सर्पका अण्डा देखे । उनले सर्पलाई जंगलमा छाडिदिए
तर अण्डालाई पनि घरमा नै ल्याएर घासपात, कपडाले ढाकेर राखे । यसरी दुई
महिना राखेपछी यही शनिबार ९ वटा अण्डाबाट सर्प निस्किए ।
हिमांशुका अनुसार उनी ती सर्पलाई छिट्टै जंगलमा लगेर छाड्ने सुरमा छन् ।

No comments:

Post a Comment