Friday, May 11, 2012

चट्याङ लागेर गुल्मीमा ३ जनाको मृत्यु, १० घाइते

गुल्मी, बैशाख २९ । गए राती परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा एकै घरका दुई सहित तीन जनाको मृत्यु भएको छ ।अन्य १० जना घाइते भएका छन् ।
गुल्मीको तम्घास गाविस–९ नेटामा परेको चट्याङ लागेर १८ वर्षिय रामबहादुर नेपाली, २० वर्षिय सुनिल नेपाली र हर्मिचौर–१ की अन्दाजी ३५ वर्षिया भुमकला पौडेलको मृत्यु भएको हो । पौडेलका ११ र १३ वर्षिय भाईहरु रमेश र दुर्गा पौडेल घाइते भएका छन् ।
त्यस्तै चट्याङले तम्घासका १५ वर्षिय सुमन नेपाली, १७ वर्षिय भुवन नेपाली, ४० वर्षिय रामबहादुर नेपाली, अर्खले–५ सेउघाकी ४५ वर्षिया लक्ष्मी गौतम, हस्तिचौर गाविसमा २३ वर्षिया भिमा कुँवर र वामीटक्सार गाविसमा ३ जना घाइते भएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
चट्याङले हर्मिचौर गाविसमा भुमकला पौडेलको घर पूर्ण रुपमा क्षति भएको र एउटा भैसी मरेको प्रहरीले जनाएको छ । चट्याङले जिल्लाका विभिन्न गाविसहरुमा अझै क्षति भएको र विवरण आउने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment