Tuesday, July 31, 2012

१७ सय जनाको जागीरमा २ लाख आवेदन

१६ साउन, काठमाण्डौं । मुलुकमा रोजगारीको अवसर घट्दै गएपछि सरकारी जागिरका आकांक्षीको संख्या बर्सेनि थपिँदै छ । गत बर्ष अर्थिक बर्षमात्र निजामति सेवामा उपलब्ध पद र आवेदनबीचको अन्तर सय गुणबढी देखिएको छ ।
शिक्षिक युवाले सरकारी जागीरलाई एकमात्र विकल्पदेख्दा माग र आवेदनबीच यो विघ्न अन्तर देखिएको खबर कारोबार दैनिकले छापेको छ ।
लोकसेवा आयोगले गत बर्ष अप्राविधिक समुहमा एकहजार सातसय १४ दरबन्दीका लागि विज्ञापन गरेको थियो । तर, यसका लागि १ लाख ९८ हजार ८ सय ८ जनाले आवेदन दिएका छन् । यो माग भन्दा झण्डै एकसय १५ गुणा बढी हो ।
आयोगका अनुसार यो संख्या अघिल्लो बर्षको तुलनामा १२ प्रतिशत बढी हो । यति ठूलो संख्यामा आवेदनले मुलकुमा शिक्षित बेरोजगार युवा बढिरहेको स्पष्ट हुने जनाएको छ ।
देशमा रोजगारको उचित व्यवस्था नभएका कारण गत बर्षमात्रै तीनलाख ८४ हजार युवा विदेसिएका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete