Friday, May 11, 2012

धनगढीमा चर्को तनाव, कुनै पनि बेला झडप हुन सक्ने

, धनगढी, वैशाख २९- अखण्ड सुदूरपश्चिम माग गर्ने र त्यसो हुनुहुन्न भन्नेबीच शक्ति प्रदर्शन गर्ने होड चलेपछि अहिले धनगढी तनावग्रस्त भएको छ। जिल्ला विकास समितिअगाडि पार्क मोडमा जम्मा भएका थारु र ट्राफिक चौराहामा भेला भएका अन्यबीच कुनै पनि बेला अप्रिय घटना हुने त्रासले धनगढीबासी चिन्तित छन्। यी दुई पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मीले ४–५ लेयर बनाएर सुरक्षा प्रदान गरिरहेका छन्। तर पनि तनाव भने जारी छ।
एकले अर्कोविरुद्ध नारा लगाउने क्रम पनि देखिएको छ।
बिहानैदेखि ट्राफिक चौराहामा जमेर बसेका अखण्ड सुदूरपश्चिमवाला त्यहीँ नारा लगाइरहेका छन्। उता यही चोकमा कार्यक्रम गर्ने घोषणासहित आएका थारुले पार्क मोडमा कोणसभाको तयारी गरिरहेका छन्। तर पनि केही सहभागी भने ट्राफिक चौराहामै कार्यक्रम गर्नुपर्ने अडानमा छन्। यस्तो तनावबीच सुरक्षाकर्मीले निकै सतर्क भएर कर्तव्यनिर्वाह गरिरहेको छ।

No comments:

Post a Comment