Friday, May 11, 2012

छोराको जन्म र बाबुको मृत्यु एकैपटक | अन्य समाचार

२८ वैशाख, सोलुखुम्बु । तिंला–२ सोलुखुम्बुमा छोरोको जन्मसँगै बुवा पेम्बा शेर्पाको मृत्यु भएको छ ।
बुधबार साँझ श्रीमतीलाई सुत्केरी व्यथा लागेपछिसुकुल लिन मटानमा गएका शेर्पाको चट्याङ लागेर मृत्यु भएको र सोही समयमा उनकी श्रीमतीले छोरो जन्माएको प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले जानकारी दिए ।
घरमा भएकाहरु भित्रै सुत्केरी तथा शिशु स्याहार्न व्यस्त थिए । केही क्षणपछि खोजी गर्दा पेम्बा शेर्पा आँगनमै चट्याङ लागेर मृत भेटिएको उनका आफन्तजनले बताएका छन् ।
यसैबीच बुधबार साँझ नै परेको चट्याङ लागेर सल्यान – ३ सोलुखुम्बुका तिलामाया नेपालीको मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर ४० वर्षीया नेपालीको मृत्यु भएको र अरु पाँचजना घाइते भएको अस्थायी प्रहरी पोष्ट सल्यानले जनाएको छ ।

No comments:

Post a Comment