Monday, June 25, 2012

'राजीनामा' केटाकेटीको खेल होइन : प्रधानमन्त्री भट्टराई

राजधानीको ट्राफिक अस्तव्यस्त-
सुरेन्द्र पौडेल, काठमाडौं, असार ११- प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनु केटाकेटीको खेल नभएको बताएका छन्। उनले कसैले रोएर माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे। संवैधानि निर्वाचनपछि मात्र अर्कोसरकार बन्ने उनको तर्क थियो।
ब्राजिलको रियो द जेनेरयोमा भएको राष्ट्रसंघीय दिगो विकाससम्बन्धी ३ दिने सम्मेलनमा भाग लिएर स्वेदश फर्किएका प्रधानमन्त्री भट्टराईले विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'अन्तरिम संविधान संसोधन गरेर भए पनि मंसिर ७ गते निर्वाचन गराएरै छाड्छु।'
उनले सबै दलसँग सहमति गरेरै निर्वाचनमा जाने बताए। सञ्चारकर्मीद्वारा बजेटबारे सोधिएको प्रश्‍नमा उनले भने, 'बजेट अध्यादेशमार्फत् नै ल्याउँछु।'
उनले ब्राजिल भ्रमण उपलब्धिमूलक रहेको बताए।
कामचलाउ सरकार प्रमुखको रुपमा भट्टराईको विदेश भ्रमणप्रति विरोध जनाउँदै कांग्रेसका भातृ संगठनले विमानस्थलमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका तरुण दल र नेविसंघका झन्डै ५० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राजधानीको ट्राफिक अस्तव्यस्त
प्रधानमन्त्री बाबुराम भट्टराई स्वेदश फर्किएसँगै राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। उनको स्कर्टिङका लागि सडक पूरा खाली गराइएको र सडक छेउँका सटरसमेत बन्द गराइएको नागरिकन्युजकर्मी ऋषिकेश दाहाल ले जानकारी दिए। ट्राफिक जामका कारण गन्तब्यमा हिँडेका यात्रुरहरु मारमा परेका छन्। नागरिकन्युजका फोटोग्राफर विकास कार्की का अनुसार एयरपोर्ट आसपासका सबै पसलहरु बन्द गराइएका छन् भने बाटोमा मान्छेसमेत हिँड्न दिइएको छैन। यात्रुहरुको गुनासो उद्धृत गर्नै कार्कीले भने, 'बरु राजाको सवारीका बेला बाटोमा हिँड्न पाइन्थ्यो। बाबुरामको सवारीमा हिँड्न पाइएन।'
प्रधानमन्त्रीको सुरक्षाका लागि देशका तीनवटै सुरक्षा अंग परिचालन गरिएको छ।

No comments:

Post a Comment