Tuesday, July 31, 2012

अलपत्र नेपालीको एक हप्तामा उद्धार हुने

१६ साउन, काठमाडौं । अफ्रिकी मुलुक मडागास्करमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले प्रयास सुरु गरेको छ ।
वैदेशिक रोजगारीका लागि अमेरिका तथा यूरोपका विभिन्न देशमा लैजाने भन्दै मडागास्कर पुर्‍याइएका २१ जना नेपालीहरूको एक हप्ताभित्रैउद्धार हुने बताइएको छ । उद्धारका लागि परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासलाई परिचालन गरिएको र सूचना सङ्कलनको काम भइरहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता अर्जुन थापाले दिनुभएको जानकारीअनुसार दक्षिण अफ्रिकाको दूतावासका प्रतिनिधिलाई मडागास्कर पठाएर अध्ययन भइरहेको छ। मन्त्रालयले आवश्यक हवाई टिकटको व्यवस्था गर्ने र सहजरुपमा नेपाल भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया मिलाउनुपर्ने भएकाले उद्धारमा केही समय ढिला भएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाइरहेको र कानुनको अभावमा ठगहरूलाई कारबाही गर्न समस्या भएको बताउँदै प्रवक्ता थापाले सो अपराधमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिए पनि अनुसन्धान भइरहेका कारण सबै विवरण आइनसकेको बताउनुभयो । विगत पाँच महिनादेखि अलपत्र अवस्थामा रहेका नेपालीलाई आकर्षक तलबको लोभ देखाएर भारत हुँदै मडागास्कर पुर्‍याइएको थियो । मन्त्रालयमा २१ जनाको नाम आए पनि अलपत्र पर्ने नेपालीको सङ्ख्या ५० भन्दा माथि रहेको हुन सक्ने बताइएको छ ।
मडागास्करमा नेपालको दूतावास नभएका कारण प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै प्रवक्ता थापाले दक्षिण अफ्रिकाको पि्रटोरियामा रहेको दूतावासबाट दुई जना अधिकृतहरूलाईर् त्यसतर्फ पठाइएको जानकारी दिनुभयो । अलपत्र अवस्थामा रहेका नेपालीको अवस्था एकदमै नाजुक रहेको र तत्काल उद्धार गर्नुपर्ने जानकारी दूतावासले मन्त्रालयलाई गराएपछि उद्धारमा तदारुकता अपनाइएको बताइएको छ

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete