Wednesday, August 1, 2012

राष्ट्रपतिलाई ३५ करोडको बंगला

१७ साउन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबका लागि ३५ करोड रुपैयाँको बंगला बन्ने भएको छ । यति, धेरै रकम खर्च निवासको पहिलो चरणको कामको लागि हो, थप कामका लागि थप पैसा चाहिने छ ।
राष्ट्रपति अहिले राणाकालमै बनेको सुविधासम्पन्न सितल निवासमा बस्दै आउनुभएको छ । तर उहाँका लागि निवास चाहियो भन्दै सरकारले पहिलो चरणको कामका लागि ३४ करोड ७९ लाख खर्च गर्नेनिश्चित भएको खबर आजको नयाँपत्रिका दैनिकले खबर छापेको छ ।
कला, संस्कृति, नेपाली वास्तुकला झल्कने र भुकम्प प्रतिरोधक क्षमता उच्च भएको भवनको आवश्यकता भएको भन्दै राष्ट्रपतिका लागि नयाँ निवास बनाउन लागिएको हो ।
राष्ट्रपतिको बेरुजु मिनाहा
डा रामबरण यादबले आफु मन्त्रीहुँदा अनियमित रुपमा लिएको ३६ हजार रुपैयाँ राष्ट्रपति भएको बेला मिनाहा गरिएको छ । राष्ट्रपति कार्यालयबाट औपचारीक पत्र आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १३ बर्ष पुरानो रकम मिनाहा गरेको हो । ०५६ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला स्वास्थ्य मन्त्री भएका यादबले लिएको रकम महालेखाले बेरुजु ठहर गर्दै हिसाब मिलाउन निर्देशन दिएको थियो ।

No comments:

Post a Comment