Friday, October 25, 2013

पैसा झर्यो भन्दै ५ लाखको झोला बोकेर टाप

८ कात्तिक, सुनसरी । सुनसरीको इटहरीमा शुक्रबार विहान एक व्यक्ति लुटिएका
छन् । विहान १०:३० बजे इटहरी-४ का हरि दंगालको ५ लाख रुपैया लुटिएको हो ।
इहटरीस्थित नबिल बैकबाट पैसा झिकेर बाहिर निस्किएको अवस्था एक युवकले २०
रुपैयाँको नोट झारेर "दाई तपाईको पैसा झर्यो" भनेको र झरेको पैसा टिप्न
पछाडी फर्किएको समयमा पैसाको ब्याग लिएर फरार भएको पीडित दंगालले बताए ।
पैसा लुटेर फरार युवकको खोजी भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले
जनाएको छ । रकम लुटेको दृष्य इटहरीमा जडान गरिएका सीसी क्यामेरामा कैद
भएको र लुटेराहरु पेशेवर जस्तो देखिएको प्रहरीको भनाई छ ।

No comments:

Post a Comment