Friday, October 25, 2013

जेट विमानले कुकुर कुल्चिँदा…

८ कात्तिक, काठमाण्डौं । फ्लाई दुबईको जेट विमान उडान भर्न तयार भयो । १
सय ७१ यात्रु बोकेको जहाज धावनमार्गमा तीव्र गतिले कुद्न थाल्यो ।
ठ्याक्कै धती छाड्ने बेला अचानक एउटा कुकुर दौडँदै आयो र अगाडीको
पांग्रामा ठोक्कियो । कुकुरलाई कुल्चेर क्षतविक्षत पार्दै जहाज उड्नै
लाग्दा पांग्रामा त्यसका अंगप्रत्यंग भुन्डिएका थिए ।
यो घटना हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको, जहाँ कुकुरले बाटो
काटेपछि धावनमार्ग छाड्नै लागेको जहाजमा इमर्जेन्सी ब्रेक लगाउनुपर्यो ।
सय मिटर पर गएर जहाज बल्लतल्ल रोकियो । कोटेश्वरतर्फ जुन विन्दुमा जहाज
रोकिएको थियो, धावनमार्ग त्यहाँबाट २ सय मिटरमै सकिन्छ ।
'झ्याप्पै नरोकेको भए ठूलो दूर्घटना हुन्थ्यो,' एक वरिष्ठ पाइलट
(क्याप्टेन)ले भने, 'ठूलो जहाजका लागि दुईसय मिटर भनेको एक सेकेन्ड पनि
होइन । धन्न, जहाज रोक्न सकियो ।'
उत्तिखेरै कुकुरको पछिपछि दौडँदै धावनमार्ग छिरेका दुईटा स्यालले पनि
फ्लाई दुबईको बाटो काटेका थिए । ती स्याल भने रौं बराबरले जोगिए ।
कात्तिक ४ गते सोमबार राति पौने ११ बजेको यो घटनापछि फ्लाई दुबईको 'एफजेड
५७४' उडान नम्बरको जहाज डेढघन्टासम्म विमानस्थलमै अड्किएकोनागरिकदैनिकमा
खबर छ । प्राविधिक पक्ष जाँच गरी मध्यरात सवा १२ बजे उक्त विमान दुवई
उडाइएको थियो ।
जहाज ठूलो भएकाले 'अपर्झट आइपरेको संकट' पाइलट टोलीबाहेक कसैले पनि थाहा
पाएन् । खालि उड्नै लागेको जहाज किन रोकियो भन्ने अन्योल यात्रुहरुमा
भइरह्यो । जहाजका क्याप्टेन फिल्हो वेर्नरले पांग्रामा केही ठोक्किएको
जानकारी टावरलाई गराए । र, जहाज फर्काएर पार्किङ वेमा ल्याए । त्यसपछि
फ्लाई दुवई र विमानस्थलका कर्मचारी तथा सुरक्षार्कीले पांग्रामा अड्किएको
मरेको कुकुर झिएका थिए ।

No comments:

Post a Comment