Friday, May 24, 2013

नेपाली नेपालीबीचको झगडाले सात महिना जेल

१० जेठ, क्वालालम्पुर । विदेश आएर खुरुखुरु आफनो काम गरेर पैसा कमाउने
वेलामा साथी साथी विच लडेपछि कस्तो दुख पाईएला । तपाईले कल्पना गर्नु
भएको छ । यदि छैन भने अव सुन्नुस । घटना गएको दशैको दिन जोहोरको
पेकननासमा रहेको एक कम्पनीमा कार्यरत नेपालीको हो । दशैको दिन कम्पनीमा
भएका साथीहरु रमाईलो गर्दै दशै मनाईरहेको थिए ।
यहि रमाईलो गर्ने क्रममा तारापाल गाविस वडा न ९ वर्दियाका वल वहादुर
सुनुवार र संखुवासभाका प्रदिप केसिको सामान्य भनाभन भयो । सामान्य
भनाभनले अलि ठुलो रुप लिन थाले पछि दुवै पक्षका साथीभाईहरु जम्मा भए ।
त्यहाँ रहेको स्थानियवासिले भने त्यो कुरा मनपराएनन र प्रहरीलाई खवर गरे
। प्रहरीले एकएक गर्दै धेरै जनालाई पक्राउ गर्‍यो र प्रहरी कार्यालयमा
पुर्‍यायो । कोहिका साहुहरु अलि राम्रा थिए आफना कामदारहरुलाई प्रहरी
कार्यालयवाट निकालेर काममा लगाए भने केहिलाई तुरुन्तै नेपाल पठाईयो ।
तर तारापालका वल वहादुरलाई भने नत कम्पनीले वास्ता गरयो नत अन्य कुनै
निकायले । उनलाई जेलवाट निकाल्ने प्रयास सात महिनासम्म पनि कहि कतैवाट
नभएपछि केहि साथीहरुले उनको खोजीनिति गर्न थाले । खोजीनिति गर्दै जाँदा
वल वहादुरले पेकननासमा रहेको जेलमा वन्दि जीवन विताईरहेका रहेछन ।
त्यसपछि कम्पनीमा काम गर्ने साथी खिमानन्द भण्डारी, पेकनासमै एभरेष्ट
रेष्टुरण्ट सन्चालन गरेका वस्नुभएका गणेश गुरुङ र छविलाल गिरीको पहलमा
उनलाई नेपाल पठाउने तयारी भएको छ । आउदो जुन ३ तारिखमा वल वहादुर नेपाल
र्फकदै छन । विदेशमा भगडा गरेर सात महिनासम्म दुःख पाएकोमा वल वहादुर
अहिले निकै पछुतो लागिरहेको छ ।

No comments:

Post a Comment