Friday, May 24, 2013

झारफुक गर्दा बालकको मृत्यु, ‘पशुपति बाबा’ सहित पाँच पक्राउ

१० जेठ, काठमाडौं । बाबुआमाले धामीझाँक्रीको विश्वास गर्दा महोत्तरीका एक
१२ वर्षीय बालकले ज्यान गुमाउनुपरेको छ । अस्पताल लैजानुपर्ने बालकलाई
आफ्नै धामी केन्द्रमा राखेर झारफुक गर्ने पाँचजना धामीझाँक्रीलाई
शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।महोत्तरी, रामनगर-९ का १२ वषिर्य मदन
मस्राङ्गी झण्डै तीन महिनादेखि बिरामी थिए । टाउको दुख्ने, रिंगटा
लाग्ने, बान्ता आउने, खान मन नलाग्ने समस्याले उनी दिनप्रतिदिन कमजोर
हुँदै गए । सामान्य होला भनेर पहिले उनका बाबुआमाले त्यति ध्यान दिएनन् ।
बिसेक होला भनेर कुरे । तर, मदनलाई बीसको उन्नाइस भएन । झन्झन् कमजोर
हुँदै गए ।
छोरोको हालतले बाबुआमालाई छटपटी बनायो । उपचारका लागि काठमाडौं आए ।
अस्पताल पुर्याउनु पहिले आफन्तलाई भने । आफन्तले धामीकहाँ जान सल्लाह दिए
। काठमाडौंमा अस्पताल जस्तै धामीझाँक्री पनि प्रशस्तै भेटिन्छन् । सजिलै
भेटिने धामीले बच्चालाई छामछुमपारे । अक्षता र फूलपाती छर्के ।बच्चालाई
सामान्य सुधार भयो । त्यसपछि बाबुआमा मदनलाई लिएर घर फर्के । घर
पुर्याएपछि बच्चालाई फेरि उस्तै भयो । फेरि पनि बाबुआमाले अस्पतालभन्दा
धामीझाँक्रीकै विश्वास गरे । महोत्तरीको हात्तीलेटमा केही धामीझाँक्री
मिलेर झारफुक केन्द्र नै खोलेको उनीहरुले थाहा पाए । एक महिनाअघि मदनलाई
लिएर बाबुआमा हात्तीलेटको झारफुक केन्द्र पुगे र आफूलाई पशुपति बाबा
बताउने पूजा लामा झारफुक केन्द्रकी हर्ताकर्ता रहेछिन् । अरु उनका सहयोगी
पनि थिए । उनीहरुले बच्चालाई कतै लैजान पर्दैन, यहीँ ठीक हुन्छ भने ।
बच्चालाई घर लैजान पनि दिएनन् । त्यहीँ भर्ना गरेर राखे ।
झारफुक केन्द्रमा भर्ना गरेर राखिएका मदनलाई भेट्न उनको आमा बाहेक अरुलाई
बन्देज लगाइएको थियो । भित्तामा देवीदेवताको फोटो टाँसिएको कोठामा
बच्चालाईसुताएर लामा लगायतका धामीहरुलेझारफुक, अक्षतापाती र अरु विधिले
उपचार गरे । तर बच्चालाई अझै ठीक भएन ।छोरोलाई झन् झन् व्यथाले च्यापेको
थाहा पाएपछि बाबुआमाले आफन्तहरुलाई भने । बच्चाको भिनाजु पर्ने एकजनाले
काठमाडौं लैजान पर्छ भनेर गएको बुधबार बसको टिकट काटे । अनि बच्चा लिन
झारफुक केन्द्रमा गए । तर धामी लामाले बच्चा लैजान दिइनन् । यहीँ ठिक
हुन्छ, अस्पताल लगे बच्चा बाटोमै मर्न सक्छ भनिन् । फेरि बाबुआमाले
पत्याए ।तर, जे नहुनु थियो, त्यही भैदियो । झारफुक केन्द्रमा उपचारका
लागि भर्ना गरेर राखिएका १२ वर्षीय मदनको शुक्रबार बिहान मृत्यु भयो ।
बाबुआमा र आफन्त रोइकराई गरे । समयमै अस्पताल नलगेर ठूलो गल्ती भयो भनेर
उनीहरु अहिले पछुताउँदैछन् । अशिक्षित आमाबाबुको कारण १२ वर्षीय मदनले
उपचार नपाई ज्यान गुमाउनुपर्यो । झारफुक गर्ने धामी लामा र उनका चारजना
सहयोगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनलाइनखबरलाई
जानकारी दिएको छ ।http://www.onlinekhabar.com/2013/05/74370/

No comments:

Post a Comment