Wednesday, May 29, 2013

फ्याफुल्लाडाँडामा बस दुर्घटना, १३ को मृत्यु

१५ जेठ, सिन्धुपाल्चोक । सिन्धुपालचोकमा भएको बस दुर्घटनामा परी मृत्यु
हुनेको संख्या १३ पुगेको छ । अन्य २५ जना घाइते भएका छन् ।
बुधवार विहान सिन्धुपाल्चोकको भोताङवाट काठमाण्डौ आउँदै गरेको बा २ ख
३६४५ नम्बरको बस थाङपालधापको फयाफुल्ला डाँडामा दुर्घटना हुँदा १३ जनाको
मृत्यु भएको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा थाङपालधाप-३ का रणवहादुर पाण्डे, मित्र
सापकोटा, गीतादेवी बस्नेत र शर्मिला पण्डितको मात्रै सनाखत भएको प्रहरी
सहायक निरीक्षक पौडेललेजानकारी दिनुभयो ।
बसको करिव ५५ यात्रु रहेको प्रहरीले जनाएको छ । बाटो निकै भिरालो र
घुमाउरो भएको तथा क्षमता भन्दा बढि यात्रु सवार रहेकाले दुर्घटना भएको
हुन सक्ने प्रहरीको अनुमान छ । उद्दार कार्य जारी रहेकाले मृतकको संख्या
बढ्न सक्ने पौडेलले जानकारी दिनुभयो
http://www.onlinekhabar.com/2013/05/76029/

No comments:

Post a Comment