Wednesday, May 29, 2013

ज्ञानेन्द्रले राष्ट्रपतिहुन मानेनन् : बाबुराम, नमानेकै हो : कमल थापा

गणतन्त्र र राजतन्त्रबारे बाबुराम र कमल थापाको रोचक अभिव्यक्ति
१५ जेठ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाओवादी उपाध्यक्ष डा.
बाबुराम भट्टराईले जनयुद्धकालमा आफूहरुले तत्कालीन राजा ज्ञानेन्द्रलाई
फकाएर राष्ट्रपति बनाउन खोजेकोखुलासा गर्नुभएको छ । यसबारे भट्टराईसँग
नेपालगञ्जमा तीन घण्टा गोप्य कुराकानी गर्ने तत्कालीन मन्त्री कमल थापाले
भने कांग्रेस र एमालेलाई बाइपास गर्न ज्ञानेन्द्रले नमानेको स्पष्टीकरण
दिनुभएको छ।
छैठौं गणतन्त्र दिवसका अवसरमा अनलाइनखबरले गणतन्त्रवादी नेता डा. बाबुराम
भट्टराई र राजतन्त्रवादी नेता कमल थापासँग छुट्टाछुट्टै गरेको कुराकानीमा
उहाँहरु दुबैले यो ऐतिहासिक तथ्य खोल्नुभएको हो । 'तत्कालीन मन्त्री कमल
थापा, जो आइएस्सी पढ्दाका मेरा सहपाठी पनि हुनुहुन्थ्यो, उहाँसँग
नेपालगञ्जको एउटा होटलमा २/३ घण्टा मेरो वार्ता भयो ।'- डा. भट्टराईले
अनलाइनखबरसँग भन्नुभयो-'राजाले गद्दी छाडेर यदी गणतन्त्रमा जान तयार
हुन्छन् भने उनलाई हामी पहिलो राष्ट्रपति बनाउन तयार हुन्छौंचन्ने
प्रस्ताव पुर्याउनोस् भनेर मैले थापालाई भनेको थिएँ, उहाँले यो प्रस्ताव
राजासमक्ष पुर्याउनुभयो कि भएन थाहा भएन ।'
भट्टराईको प्रस्तावबारे राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्नुहुन्छ-
'माओवादी र राजाबीच सहकार्य गरेर अघि बढ्न हामी तयार छौं भन्ने कुरा
उनीहरुले गरेको हो । तर, त्योबेला एक त राजाले मात्र चाहेर सबै कुरा हुने
अवस्था थिएन ।' थापाले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो- 'बाबुरामजीले
सांस्कृतिक राजाको सम्भावनाको कुरा गर्नुभएकै हो । राजसंस्था आफैंमा
वैचारिकरुपमा स्वतन्त्र संस्था भएको हुनाले त्यो त कम्युनिज्ममा पनि अट्न
सक्थ्यो र प्रजतन्त्रमा पनि अट्न सक्थ्यो । तर, खाली माओवादीलाई मात्र
लिएर जान सक्ने अवस्था राजाको थिएन र राजाको चाहना पनि थिएन ।'
उहाँलेभन्नुभयो-' हामीले राजालाई बाबुरामजीको कुरा पनि रिपोर्ट गर्‍यौं ।
त्यो क्रममा स्वभाविक हो कि राजाले प्रजातान्त्रिक शक्तिहरुलाई माइनस
गरेर माओवादीसँग मात्र सहकार्य गरेर जान सक्ने अवस्था थिएन । त्यसकारण
त्यो प्रक्रिया अघि बढ्न सकेन ।'
राजाले नमानेपछि अर्को चक्कर शुरु भो : भट्टराई
नेपालमा गणतन्त्र राजाकै सहमतिले नै ल्याउने र त्यसरी गणतन्त्र आयो भने
कम क्षति हुन्छ भनेर जिम्मेवारीपूर्ण ढंगले आफूहरुले यस्तो पहल गरेको डा.
भट्टराईको भनाइ छ । 'तर,यो प्रयत्न असफल भयो । त्यसपछि अर्को चक्कर शुरु
भयो । सोझो तरिकाले गणतन्त्र नआउने भैसकेपछि आन्दालनेनके बलबाट गणतन्त्र
ल्याउनुपर्ने भो ।' एमाओवादी उपाध्यक्ष भट्टराईले भन्नुभयो- 'त्यसपछि
हामी संसदवादी शक्तिहरुसँग मिलेर अन्तरराष्ट्रिय शक्तिहरुलाई पनि
सन्तुलनमा ल्याएर गणतन्त्रल्याउनुपर्छ भन्ने नयाँ नीतितर्फ गयौं ।
त्यहीवीचमा माघ १९ मा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिइसकेपछि
संसदवादी दलहरुसँग उनको दूरी झन् बढ्यो ।'
बहुमत आयो भने राजसंस्था फर्काउँछौं : थापा
राजसंस्थालाई अबैधानिक तरिकाले संविधानसभा सदस्यसमेत नरहेका कृष्ण
सिटौलाको प्रस्तावमा हटाइएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले
संविधानसभाले राजसंस्था हटाएको घोषणा गरेकाले आगामी संविधानसभामा
आफूहरुको बहुमत आए संविधानसभाबाटै राजसंस्था फर्काउने बताउनुभयो । थापाले
राजसंस्था तीन किसिमले पुनस्र्थापना हुन सक्ने विकल्पप्रस्तुत गर्नुभयो,
पहिलो दलहरुको सहमतिबाट, दोस्रो बहुमत जनताको अभिमतबाट र तेस्रो दुईवटा
विकल्पबाट संभव नभए विद्रोहको माध्यमबाट । नेपालजस्तो बहुजातीय
बहुसंस्कृतिक देशमा राजसंस्थाको आवश्यकता अरु बढेको थापाको दाबी छ ।
विभिन्न जातजातिको एकताको प्रतीकका रुपमा राजा चाहिने भएकाले राजसंस्था
र्फकन सक्ने वस्तुगतआधार रहेको उहाँको दाबी छ । 'जम्माजम्मी नेपाल
राजसंस्थाबाट गणतन्त्रमा गयो, त्यसमा दुई वटाभन्दा अरु कारण म देख्दिँन,
एउटा माओवादीको त्रास र दोस्रो बाहृय शक्तिको दबाव ।' थापाले भन्नुभयो ।
राजतन्त्र फर्कने वस्तुगत आधार छैन : भट्टराई
अढाइसय वर्ष पुरानो राजसंस्था जाँदा त्यसको पुनस्थापनाको मागगर्ने
राजनीति शक्ति अस्थित्वमा रहनु स्वाभाविकै भएपनि नेपालमा राजतन्त्र
फर्किनेवस्तुगत आधार नरहेको डा. भट्टराईको तर्क छ । बहुजातीय देशमा
आदिवासी जनजातिले एकजातीको प्रतीक राजसंस्था नस्वीकार्ने उहाँले
बताउनुभयो । दलित, महिला र पिछडिएको क्षेत्रले सामन्तवादको प्रतीक
राजतन्त्रलाई आफ्नो नठान्ने भएकाले राजतन्त्र र्फकने कुनै वस्तुगत आधार
नरहेको भट्टराईकोदाबी छ ।
'नेपाली जनताको चेतना यति माथि उठेको छ कि यसबाट पनि राजतन्त्रको
पुनस्थापना सम्भव छैन । संघीयता पक्ष्रधरले पनि राजतन्त्र स्वीकार्न
सक्दैनन् । त्यसैले राजतन्त्रको पुनस्थापनाको आशा भनेको दिवा सपनामात्रै
हो ।'-भट्टराईले भन्नुभयो- गणतन्त्र स्थापनापछि युवाहरुमा केही निराशा
आएको छ, तर संक्रमणका बेलामा यस्तो हुन्छ र हामीले निराश नभई गणतन्त्रको
संस्थागतविकासमा लाग्नुको विकल्प छैन ।'
भट्टराई खुशी, थापा बेखुसी
राजनीति शुरु गरेदेखि नै आफू गणतन्त्रको पक्षत्रर भएकाले गणतन्त्र आएपछि
आफू जीवनमा असाध्यै खुशी भएको एमाओवादी नेता भट्टराईले बताउनुभएको छ ।
उता थापाले भने आफूले राजनीति शुरु गरेदेखि नै राजासहितको प्रजातन्त्रले
मात्रै मुलुकलाई जोगाउन सक्छ भन्ने मान्यता राख्दै आएकाले अरुको
एजेन्डाको जीत हुँदैमा आफू 'कन्भिन्स' हुन नसकेको बताउनुभएको छ ।
'राजनीतिक पार्टी र त्यसको नेता भएको कारणले गर्दा अरुले बोकेर हिँडेको
एजेण्डाका आधारमा आएकोपरिर्वतनलाई मैले स्वीकार गर्ने होइन नि । मैले
आफ्नो एजेण्डा अनुसार लिएर जान प्रयत्न गर्नु पर्‍यो नि ।'- थापाको भनाइ
छ ।http://www.onlinekhabar.com/2013/05/76042/

No comments:

Post a Comment