Wednesday, May 29, 2013

भारतका कुख्यात अपराधी बब्लु काठमाडौँमा पक्राउ

१५ जेठ, वीरगन्ज । प्रहरीले भारतका एक कुख्यात अपराधीबब्लु दुबेलाई
पक्राउ गरेको छ । अञ्चल प्रहरी कार्यालय वीरगन्जले मोस्ट वान्टेड
बब्लुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।
अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी बरिष्ठ उपरिक्षक सर्बेन्द्र
खनालको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले दुबेलाई काठमाडौँको
सितापाईलाबाट पक्राउ गरेको हो । भारतको पूर्वी चम्पारण मोतीहारी
सिसुवाखडार निवासी ३० वर्षिय दुबेलाई अञ्चल प्रहरी कार्यालय वीरगन्जले
बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अञ्चल प्रहरी कार्यालय नारायाणीमा बुधबार बब्लु दुवेलाई सार्वजनिक गर्दै
प्रहरी । तस्वीर: रासस
पक्राउ परेका दुबेे नेपालमा करीब ८ महिनादेखि ज्यान मार्ने धम्की, चन्दा
आँतक लगायत विभिन्न अपराधीक गतिविधिमा संग्लन रहेको प्रहरीको भनाई छ ।
पत्रकार सम्मेलनमा कुख्यात अपराधी दुबेले भारतमा बिहार पिपुलस लिब्रेसन
आर्मी नामक अपराधी समुह खडा गरी हाल सम्म ३० जना भारतीयको हत्या गरिसकेको
र फिरौतीबाट करौडौं रुपैयाँ असुली गरेको बताएका छन । उनले ३० जना मध्ये ६
जनाको हत्या स्वंय आफैले गरेको पनि बताए ।
भारतीय प्रहरीका मोस्ट वान्टेड दुबेलेे भारतीय प्रहरीका अधिकारीहरु,
लोकसभा सदस्यहरुलाई फोनबाट धम्की दिने गरेको तथा गएको तीन हप्ता भित्र
रामगाढवामा २ जनाको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी
दिएको छ । प्रहरीले दुबेको साथबाट नेपाली नम्बर भएको ५ थान मोबाईल सेट
सहित १ लाख ७३ हजार नेपाली रुपैयाँ र ६० हजार भारतीय रुपैयाँ समेत बरामद
गरेको छ । पक्राउ परेका दुबेलाई अञ्चल प्रहरी कार्यालयमै राखेर थप
अनुसन्धान भईरहेको प्रहरी वरिष्ठ उपरिक्षक खनालले बताउनु भयो
http://www.onlinekhabar.com/2013/05/76179/

No comments:

Post a Comment