Thursday, May 30, 2013

खुकुरी प्रहार गरी पत्नीको हत्या

विराटनगर, जेष्ठ १६ - झापाको दमक १५ का एक युवकले खुकुरी प्रहार गरी आज
बिहान पत्नीको हत्या गरेका छन्। स्थानीय भूपाल राईले सुतिरहेको अवस्थामा
बिहानै ओछ्यानमै खुकुरी प्रहार गरी ३५ वर्षीया पत्नी गंगाको हत्या गरेको
पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहार गरेपछि फरार
रहेका राईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उता, झापाकै जलथलमा एक समूहको आक्रमणमा परी एकजना युवकको मृत्यु भएको छ ।
मोटरसाइकलमा आएका तीनजनाको समूहले जलथल १ का २० वर्षीय रामबहादुर तामाङ र
अलकपुर उराउलाई गएराति आक्रमण गरेका थिए । प्रहरीका अनुसार उनीहरुको छुरा
प्रहारबाट गम्भीर घाइते भएका उराउको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक
उपचारपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने
क्रममा बाटैमा मृत्युभएका हो । आक्रमणकारीमध्ये दुईजनालाई पक्राउ गरे पनि
प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: २०७० जेष्ठ १६ ०

No comments:

Post a Comment