Friday, May 24, 2013

एक दिन विद्यालय आएर ६ महिनाको हाजिर !

प्रधानाध्यापकलाई कुनै विद्यार्थीले पनि चिन्दैनन् । किनभने उनी विद्यालय
नै आउँदैनन् । बल्लबल्ल ६/७ महिनामा एक दिन आउँछन् । पूरै हाजिर गर्छन् ।
अनि आफ्नो तलब लिएर जान्छन् । आफूविरुद्ध बोल्नेलाई हातखुट्टा भाँच्ने
धम्की दिन्छन् । यसरी नै उनले दुईतिरको जागिर खाएको पाँच बर्ष भइसकेको छ

पाँच बर्षदेखि विद्यालय नगई नियमित तलब बुझिरहेका छन्, स्याँडी गाविसको
केदार नमुना प्राविका प्रधानाध्यापक प्रकाश बोहराले । उनी भारतको
पिथौरागढमा समेत काम गर्छन्, अधिकांश समय उतै बस्छन् । ६-७ महिनापछि
आउँछन् र एकैदिनमा हाजिर गरेर तलब लिन्छन अनि भारत र्फकन्छन् ।
प्रअ बोहराका दाई नाता पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल
बोहरालाई प्रभावमा पारी उनले विद्यालय नआई तलब बुझ्ने गरेको अभिभावकले
बताएको खबर नयाँ पत्रिकाले छापेको छ ।
गत असारदेखि भारतको पिथौरागढमारहेका बोहरा विरुद्ध बोल्ने अभिभावकलाई
उतैबाट फोन गरी हातखुट्टा भाँचिदिने धम्की दिने गरेको एक अभिभावकले बताए
। उनले नाम उल्लेख नगर्ने सर्तमा भने 'गाउँमा उसैको बोलबाला छ, कसैले
विरोध गरे भने गाउँ छोड्नुपर्छ या त ज्यान जोखिममा हुन्छ ।'
विद्यालय व्यवस्थापन समिति र प्रअ बोहराको मिलोमतोमा जिल्लाशिक्षा
कार्यालयबाट विभिन्न शीर्षकमा प्राप्त हुने रकम पनि हिनामिना गरेको
अभिभावकले आरोपलगाएका छन् ।

No comments:

Post a Comment