Wednesday, May 29, 2013

मृतकको नाममा आएको भत्ता सचिवको गोजीमा

१५ जेठ, काठमाण्डौं । मृत्यु भइसकेका नागरिकको नामबाट गाविस सचिवले भत्ता
बुझेर गरेका आर्थिक अनियमितताहरु पछिल्लो सययमा स-प्रमाण फेला पर्न
थालेका छन् ।
गोरखा, बाजुरा, अछामका विभिन्न गाविसमा मृत्यु भएका नागरिकका आफन्तले
मृत्युदर्ता गरे पनि सचिवले लगतकट्टा नगरी भत्ता लिइरहेको पाइएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार लगतकट्टा गरेपछि
जिल्ला विकास समितिको पञ्जीकरण शाखालाई भत्ता कटौती गर्न अनुरोध नगरी
मृत्यु भएको ५ बर्षसम्म पनि भत्ता लिइरहेको फेला परेको कारोबार दैनिकमा
खबर छ ।
गोरखा जिविसका योजना तथा प्रशासकीय अधिकृत कृष्णबहादुर कार्की र लेखा
अधिकृत भीमार्जुन ज्ञवालीले ताकुकोट गाविसमा स्थलगत अनुगमन गर्दा
अनियमितता भेटिएको हो । मन्त्रालयलाई केही दिनअघि पठाएको अनुगमन
प्रतिवेदनका अनुसार ताकुकोटका गाविससचिवले ५ बर्षदेखि मृतकका नामबाट
भत्ता लिइरहेको उल्लेख छ ।

No comments:

Post a Comment