Tuesday, May 28, 2013

त्यो दिन भँगेराले घेरेका थिए संविधानसभा (फोटोसहित)

१४ जेठ, काठमाण्डौं । गतसाल जेठ १४ गते चर्को घामसँगै सडकमा जिन्दावाद र
मूर्दावादका नारा घन्किरहेका थिए । एउटा कुनामा एकातिर जातीय
पहिचानसहितको संविधानको माग गर्दै नारा लाग्दै थिए भने अर्कातर्फ फरक
नारा लगाएको सुनिन्थ्यो ।
सडकमा मात्रै हैन, संविधानसभा परिसरमा समेत सभासद्हरु संविधानको माग
गर्दै चर्का नारा लगाइएका थिए । सडक जुनसुकै बेला रणभूमि हुन सक्थ्यो ।
जेष्ठ ८ गतेको ग्वार्को झडपपछि भर्खरै तग्रिदै गरेको म संविधानसभाले
संविधान गर्न सक्ने झिनो आशासहित त्यो ऐतिहासिक क्षणलाईक्यामेरामा कैद
गर्ने तिब्र अभिलाशाका साथ बिहानैदेखि संविधानसभा परिसर बानेश्वरमा तैनाथ
थिएँ ।
दिनभरि नाराजुलुसपछिको बानेश्वर बजार साँझसम्म थाकिसकेको भान हुन्थ्यो ।
जुलुसको संख्या घट्दै थियो । भाषण र नाराहरु शिथिल हुँदै गएका थिए । तर,
संविधानसभाको घेराउको क्रम रोकिएको थिएन ।
साँझपख आन्दोलनको भीडभन्दा केही पर संविधानसभा भवनको बार वरपर सयौं
संख्यामा भँगेराहरु आन्दोलित मानिसहरु झैभुर्रभुर्र उड्दै भवन वरपर
झुम्मिरहेका थिए । बानेश्वरको सडकको पूर्वी गेटदेखि पश्चिम गेटसम्मै
अनगिन्ती भँगेराहरुले चिरबिरे स्वरमा नारा लगाइरहे झैं लाग्थ्यो । घाम
नअस्ताउन्जेलसम्म भवनको बारभरि तैनाथ थिए चराचुरुङ्गी
http://www.onlinekhabar.com/2013/05/75609/

No comments:

Post a Comment