Friday, March 8, 2013

आजदेखि गाडी चढे १५ रुपैयाँ तिर्नुपर्ने

२५ फागुन, काठमाण्डौं । सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक सवारीका
साधानको भाडा वृद्धि गरेको छ । वृद्धि गरिएको भाडादर अनुसार सार्वजनिक
यातायातका साधनमा ९ प्रतिशतले वृद्धि भएको छ भने, मालबाहक सवारीका साधनको
भाडा ११ प्रतिशतले बढेको छ । नयाँ भाडादर अनुसार उपत्यकामा सार्वजनिक
सवारी चढ्ने यात्रुले गाडी चढ्ने वित्तिकै १५ रुपैयाँ तिर्नुपर्ने भएको छ
। त्यस्तै लामो दूरीमा यात्रा गर्नेले भने यसअघिको भाडामा ९ प्रतिशत
बढाएर तिर्नुपर्नेयातायात व्यवस्था विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पाटपुर्जा र श्रमिकको ज्याला लगायतको
वृद्धिका आधारमा सार्वजनिक गाडीमा भाडा बढाएको यातायात व्यवस्था विभागका
प्रवक्ता देवीराम भण्डारीले जानकारी दिनुभयो ।
भाडा वृद्धिको बिरोध
सवारीका साधनमा भएको भाडा वृद्धिप्रति उपभोक्ता र अधिकारकर्मीहरुले बिरोध
गरेका छन् । उनीहरुले अहिले वृद्धि भएको भाडा तत्काल फिर्ता नभए आन्दोलन
गर्ने चेतावनी दिएका छन् । बर्षमा एक पटक भन्दा बढी भाडा वृद्धि गर्न
नपाइने व्यवस्था भएपनि सरकारले ७ महिना मै उपभोक्तालाई प्रत्यक्ष असर
पर्ने गरी भाडा बढाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकाहुन् ।

No comments:

Post a Comment