Friday, March 8, 2013

देशभर नारी दिवस मनाईदै

२५ फागुन, काठमाण्डौं । आज मार्च ८, अन्तराष्ट्रियनारी दिवस । नेपाललगायत
विश्वभर नारी अधिकारका विषयमा विविध कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय नारा महिला हिंसा अन्त्य
गरौं, कुरा होइन काम गरौं भन्ने राखिएको छ । दिवसको अवसरमा आज
राजधानीलगायत देशभर विभिन्न कार्यक्रम गरिंदैछ । सरकारको तर्फबाट हुने
कार्यक्रम अहिले केहीबेरमा राजधानीको भद्रकाली र्‍याली गर्दैछ भने महिला
सुरक्षा दबाब समूहले पनि पद्मकन्या क्याम्पस बागबजारबाट छुट्टै र्‍याली
गरेको छ । यस्तै उपत्यकामा विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम
गर्दैछन् भने विभिन्न राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्याली
तथा सभा गर्दैछन् ।
अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले समान कामको समान
ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल
भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० देखि मार्च ८ का दिन
यो दिवस मनाउने गरिन्छ ।
विभिन्न अनुसन्धानबाट प्राप्त नतिजाअनुसार नेपाली महिलाहरु २४ घण्टामध्ये
कम्तीमा १८ घण्टा काम गर्छन् । त्यसमा पनि बेतलबी अर्थात् तलब नै नपाउने
काममा उनीहरू बढी संलग्न हुन्छन्

No comments:

Post a Comment