Friday, October 12, 2012

'सर्वसत्तावाद लाद्ने एमाओवादीको चाल'

२६ असोज, सुर्खेत । कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले नेपाली
कांग्रेसको बलमा लोकतान्त्रिकप्रणालीबाट संविधानसभा पुगेको तर माओवादीले
कहिल्यै संविधान नचाहेको बताएका छन् ।
आज नेपाली कांग्रेस सुर्खेतद्धारा आयोजित कार्यक्रममा बोल्दै महतले
माओवादी संविधानसभामा पुगे पनि उसले विभिन्न बहाना झिकेर कम्युनिष्ट
चरित्रअनुसार संविधान ल्याउन नचाहेको आरोप लगाए । संविधान घोषणा हुने
अवस्था हुँदाहुँदै माओवादीले कहिले जनजाति त कहिले मधेशीलाई अगाडि
तेर्स्याएर संविधानसभाको अवसान गरेको उनको आरोप थियो ।
संविधानसभा पुनर्स्थापना वा नयाँ निर्वाचन, जुनसुकै विकल्पबाट निकास
निकाल्न सकिने अवस्था भए पनि एकीकृत माओवादी दुवै विकल्पमा जान नचाहेको
उनकोआरोप छ ।
माओवादी पार्टी वर्तमान संकट लम्ब्याएरै सर्वसत्तावाद लागु गर्न सकिने
भ्रममा रहेको उनले बताए । उनले कांग्रेस र एमालेले एमाओवादीको चाल
राम्ररी बुझेका कारण यस्तो गर्न नदिन आन्दोलनको बाटो रोजेको बताए ।
विघठित संविधानसभामा सहमति हुन बाँकी विषयलाई टुंग्याएर अनुमोदनको लागि
छोटो अवधिको लागि संविधानसभा पुनर्स्थापना गर्न सकिने उनले बताए । त्यसो
नभए चुनावमा जानुपर्ने र त्यसको लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार
बन्नुपर्ने उनको भनाइ छ । कांग्रेस नेतृत्वको सरकाले मात्र निष्पक्ष
निर्वाचन गर्न सक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वास भएकोले पनि
कांग्रेसको नेतृत्वमा चुनावी सरकार हुनुपर्ने उनले बताए ।
Comments:

No comments:

Post a Comment