२५ असोज, सिरहा । सिरहा पोखरभिण्डा–२ का दलित छात्रासँग अवैध सम्बन्ध
राखेका शिक्षकले क्षतिपूर्ति स्वरुप रु एक लाख ५० हजार तिरेपछि मिलापत्र
भएको छ । स्थानीय डोमी उच्च माविमा कार्यरत शिक्षक विष्णुदेव साहले
सोही विद्यालयमा अध्ययनरत छात्रालाई तीन वर्षदेखि अवैध सम्बन्ध राख्दै
आएका थिए ।
गर्भ रहेको ६ महिनापछि गत भदौ ४ गते भारतको बिहार राज्यमा पर्ने
जयनगरबजार लगी गर्भपतन गराएपछि यो रहस्य खुलेको थियो ।शिक्षक साहले रु एक
लाख ५० हजार तिरेपछि समाजका केही अगुवा व्यक्तिले घटना मिलाइदिएको
स्थानीयवासीले बताएका छन् ।
विष्णुपुरकट्टी घर भएका शिक्षक साहले जागिर लगाइदिने लोभ देखाएर दलित
छात्रासँग यौन सम्बन्ध राख्दै आएको बताइन्छ । गर्भ बसेको रहस्य खुलेपछि
शिक्षक साह विद्यालय जानसमेत छाडेर तीन हप्तासम्म सम्पर्कविहीन रहेका थिए
। पोखरभिण्डा गाउँमा एक घर परिवारमात्र रहेका पीडितका बुबालाई पीडकहरुले
दबाब दिएका कारण प्रशासनसम्म पुग्न नसकेको अधिकारकर्मीहरुले बताएका छन् ।
अधिकारकर्मी देवराज पोखरेलले भने, "असुरक्षाका कारण पीडित प्रशासनसम्म
पुग्न सकेनन् । हामीले के गर्ने ?" पीडितलाई पटकपटक प्रशासनमा उजुरी
दर्ता गराउन भनिए पनि नमानेको उनको भनाइ छ । रासस
No comments:
Post a Comment