Thursday, October 11, 2012

साउदी अरबमा एक नेपालीको मृत्यु

२५ असोज, भद्रपुर । साउदी अरेबियामा काम गरिरहेको अवस्थामा एक झापाली
युवकको करेन्ट लागेर मृत्यु भएको छ । साउदी अरेबियाको अल्हासास्थितएक्सेल
कम्पनीमा कार्यरत काँकरभिट्टा-११ का १९ वषर्ीय प्रदीप बाँस्कोटाको करेन्ट
लागेर गत मंगलबार मृत्यु भएको हो ।
कम्पनीमा काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका बाँस्कोटाको
उपचारका क्रममा मृत्यु भएको परिवारजनले जानकारी दिएको छ । उनी वैदेशिक
रोजगारका लागि दुई वर्षअघि साउदी अरेबिया गएका थिए ।
मृतक बाँस्कोटाको शव नेपाल ल्याउन केही समस्या परेकाले सम्बन्धित
निकायलाई सहयोग गरिदिन मृतककी आमा माया बाँस्कोटाले आग्रह गरेकी छन् ।
रासस
Comments:

No comments:

Post a Comment