Saturday, September 1, 2012

यात्रुको दुर्घटना बिमा पनि ५ लाख

१६ भदौ, काठमाण्डौं । बिमा समितिले सवारीसाधनमा यात्रा गर्ने यात्रुको मृत्यु भएमा पाउने क्षतिपूर्ति रकम तेस्रो व्यक्तिलाई दिइने रकमसरह नै गराउने भएको छ ।
हाल सवारीसाधनको ठक्करबाट मृत्यु भएको तेस्रो पक्षीय बिमावापत ५ लाख रुपैयाँ क्षतिपूर्ति दिइदै आएको छ । तर, सवारीसाधनमा हिँड्ने अर्थात दोस्रो पक्षलाई भने क्षतिपूर्ति वापत १ लाख रुपैयाँ मात्रै दिइदै आएको छ ।
बिमा समितिले २०६६ भदौदेखि २०६८ पुस मसान्तसम्म गरेको मोटर बिमा सम्बन्धी अध्ययनका आधारमा सो सुझाब आएको समितिका उपनिर्देशक श्रीमान कार्कीले जानकारी दिएको खबर राजधानी दैनिकमा खबर छ । सो अवधिमा कुल बिमा शुल्कको ५६ प्रतिशत दाबी भुक्तानी मोटर बिमाको रहेको पाइएको थियो ।
अध्ययन अवधिमा ९ अर्ब ३ करोड ७७ लाख विमा शुल्क सवारी साधनको बिमाबाट उठेको थियो । मोटर बिमा निर्देशिका, २०६६ पुनरावलोकन गर्न हाल अध्ययन भईरहेको समितिले जानकारी दिएको छ ।

No comments:

Post a Comment