Friday, October 19, 2012

'कांग्रेस बाहेक सबै पार्टी पाखण्डी'

३ कार्तिक, तनहुँ ।नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले
अहिलेको सरकारले देशको राजनितिक निकास लागी कुनै पहल नगरेको आरोप लगाएका
छन् । उनले ठुलो भ्रष्टाचार, महङ्गी बढाएको र भ्रष्टाचार गर्न पाएकोले
सरकार नछोडेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मात्र प्रजातन्त्रको
लागी लडेको र अन्य पार्टीहरूले जनताको नाममा पाखण्डी गरेको आरोप पनि समेत
लगाए ।
बिहिबार गृह जिल्ला तनहुँ आइपगेका पौडेल नेपाली कांग्रेस राम्जाकोट गाउँ
कार्य समितिले आज आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना
आदनप्रदान कार्यक्रममा बोल्दै पौडेलले
आफू कृषि क्रान्तिको पक्षमा रहेको र कृषि क्रान्तिको माध्यमबाट देशमा
समाजवाद स्थापना गर्ने बताएका छन् । पौडेलले अन्य राजनीतिक दलहरु देशको
स्वाभिमान भन्दै प्रजातन्त्र नष्ट गर्न लागेकोले नेपाली कांग्रेसले अव
कृषि क्रान्तिबाट समाजबाद स्थापना गरी बेरोजगार हटाउने दावि समेत उनले
गरे ।
Comments:

No comments:

Post a Comment