Friday, June 1, 2012

जिल्ला आएर सभासदले भने-'संविधान बनेन माफ पाउँ'

पाल्पा, जेठ १९- विघटित संविधान सभाका सभासद् कूलप्रसाद नेपालले पुरा
संविधान नल्याए पनि आफूले अन्तरिम संविधान बोकेर ल्याएको बताए। गृहजिल्ला
पाल्पामा बिहीबार पत्रकार सम्मेलन गरेर उनले अन्तरिम संविधान देखाउँदै
पूरा संविधान ल्याउन नसकेकोमाक्षमा मागे।
देशलाई गणतन्त्रमा लैजाने र शान्ति प्रकृया टुंग्याउनु उपलब्धि भएको उनले
अर्थ्याए। नेपाल पाल्पा जिल्ला क्षेत्र नं ३ बाट संविधान सभा निर्वाचनमा
निर्वाचित भएका थिए।
'पाल्पाली जनताको कार्यादेश बमोजिम मैले संविधान बनाएर आउन सकिन क्षमा
चाहान्छु,' उनले पत्रकार संग आग्रह गर्दै भने'मैले जनतासंग क्षमा मागेको
कुरा तपाईहरुले सुनाईदिन पर्‍यो।' अल्पसंख्यक तथा शीमान्तकृत समुदायको
हकहित संरक्षण समितिका सदस्य समेत रहेका एमाले सभासद नेपालले सभासदहरुलाई
दिइएको जिम्मेवारी समयमै पुरा भएको तर शीर्ष नेताले काम अड्काएका बताए।
'११ वटा समिति मध्ये दोस्रो नम्बरमा प्रतिबेदन बुझाएको हाम्रै समिति हो,'
उनले भने'समितिले काम गरेपनि नेताहरुले त्यसलाई अड्काए।' उनले संविधान
सभा विघटन भएको दिन राष्ट्रवादी र लोकतान्त्रिक शक्तिको हार भएको बताए। म
खाली हात आएँ माफ गर्नुहोला भन्दै उनले पत्रकारसंग पनि माफी मागेका थिए।

No comments:

Post a Comment