Friday, October 19, 2012

कोरियामा नेपाली कामदारको बिचल्ली

३ कात्तिक, सोल । बाग्लुङका राज सापकोटा, लमजुङका बीर गुरुङ र दोलखाका
दिनेश जिरेल एक बर्षअघि माक्फो उनगाङ नामक कम्पनीको कामदारका रुपमा आएका
थिए । आएदेखि उनीहरुलाई मालि ओ छाङ मीनले पटकपटक कुटपिट गर्ने गरेका छन्
। यसअघि साहुकै पिटाईले त्यहाँ एक नेपाली कामदारको हात भाँचिएको थियो ।
उनलाई दूतावासले उद्दार गरेको थियो । यी तीन भाईलाई मालिक मीनले शारीरिक,
मानसिक यातनामात्र नभई श्रम सम्झौता अनुसारको पारिश्रमिक पनि नदिएको
बताईएको छ ।
यी तीनजनाको दुःखजस्तै पर्वतका प्रमोद भुसाको पनि मर्म बेग्लै छ । गत
अपि्रल १९मा कुनसानको दोरिम नामक साग उत्पादन गर्ने कृषि र्फकको काम
गर्दै आएका उनलाई साहुले बारम्बार कुटपिट गर्ने गरेको खबर कान्तिपुरले
छापेको छ । नुवाकोटका चन्द्र घिमिरेले पनि साहुको यातना सहन नसकेपछि
विभिन्न समाजिक संघ संस्थामा सहयोगको याचना माग्दै हिड्न थालेका छन् ।
चार महिना देखि तलब नपाएका र साहुबाटै दूव्यवहार भोगेका तीन जना नेपाली
महिला कामदार अहिले एक सेल्टरमा बसेर रोजगार केन्द्रको सूचना पर्खिरहेका
छन ।

No comments:

Post a Comment