Monday, September 24, 2012

सात महिनाकी गर्भवती पैसाको लागी लागे यौनधन्दामा

८ असोज, काठमाण्डौ । सात महिनाकी एक गर्भवती महिलालाई यौनधन्दामा संलग्न
भएका प्रहरीले रंगेहात पक्राउ गरेका छन् । काठमाडौको काटेश्वरमा बस्दै
आएकी २३ वर्षिय अञ्जना बुढाथोकी(नाम परिवर्तन) पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको योजनामा प्रहरी वृत्त बलाजुबाट खटिएको
प्रहरी टोलीले तोपोवनस्थित एकपुरी रिसोर्टमा छापा मार्ने क्रममा ४७
वर्षीय पुरुषसहित उनलाई पक्राउ गरिएको हो ।
यौनधन्दा सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि बालाजु वृत्तले शनिबार
बालाजु बाइपास क्षेत्रका होटल तथा रिसोर्टमा छापा मारेको थियो । पक्राउ
पर्नेमा कोटेश्वरकी २३ वर्षीया अञ्जना बुढाथोकी(नाम परिवर्तन) र
कोटेश्वरकै ४७ वर्षीय भक्त ठकुल्ला रहेका छन् । प्रहरीले दिएको जानकारी
अनुसार बुढाथोकीको कोटेश्वरमा निजी घर छ र उनका २४ २४ वर्षीय उनका
श्रीमान् बेरोजगार छन् । प्रहरीले बताएका अनुसार बुढाथोकी र ठकुल्ला
रिसोर्टको बन्दकोठामा भेटिएका थिए । प्रहरीले भने,'अवैध रूपमा यौनधन्दा
हुने गरेको आशंकामा रिसोर्टमा छापा मारिएको थियो, बुढाथोकी र ठकुल्लालाई
रिसोर्टको बन्दकोठाभित्र भेटियो ।'उनले भने,'बुढाथोकी श्रीमानलाई छलेर
ठकुल्लासँग रिसोर्ट गएको देखिन्छ, उनी अन्य व्यावसायिक यौनकर्मी
महिलाजस्तो नदेखिए पनि पैसाकै कारण यो काम गरेको हुन सक्छ ।' प्रहरीका
अनुसार यो उनको पहिलो गर्भ हो । स्रोतका अनुसार एकातर्फ गर्भवती महिला,
अर्कोतर्फ परिवार भाँडिन सक्ने देखिएपछि बुढाथोकीलाई छाडिएको हो ।
प्रहरीले उनलाई परिवारका सदस्यलाई नभई उनका साथीको जिम्मामा छाडेको थियो
। ठकुल्लालाई पनि त्यहीबेला सख्त चेतावनीपछि छाडिएको थियो ।

No comments:

Post a Comment