Monday, March 18, 2013

८ लाख तिरेर गएका नेपाली युवा पपुवा न्युगिनीमा पक्राउ

५ चैत, काठमाण्डौं । मासिक दुई लाख रुपैयाँ कमाई हुने दलालको प्रलोभनमा
प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र पपुवा न्युगिनी पुगेका ९ जना
नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको छ । दलाललाई ८-८
लाख बुझाई त्यहाँका पुगेका उनीहरुमाथि पपुवा न्युगिनी अध्यागमन
कार्यालयले नक्कली भिसा प्रयोग गरेको आरोप लगाएको छ । उनीहरु सबैलाई
पपुवा न्युगिनीको बुकास्थित अध्यागमन कार्यालयले थुनामा राखेको छ ।
'हामी ९ जनालाई अहिले बुका भन्ने ठाउँमा अध्यागमन कार्यालयले थुनेर
राखेको छ,' नक्कली भिसाको आरोपमा पक्राउ गरेकामध्ये बाग्लुङका डिबबहादुर
केसीले टेलिफोनबाट भने 'भोलि (सोमबार) अदालतमा पेस गर्ने जानकारी हामीले
पाएका छौं,' नागरिक दैनिकमा खबर छ ।
नक्कली भिसा प्रयोग गरेकेा आरोपमा पक्राउ पर्ने ९ मध्ये ७ जना बाग्लुङका
छन् भने एकएक जना पर्वत र चितवनका छन् ।
पक्राउ परेका प्रकाश सापकोटा, डिबबहादुर केसी, माधव शर्मा, अर्जुन कणेल,
भुपेन्द्र पुन, दिलबहादुर थापा, राजु शर्मा बाग्लुङका हुन भने रामलाल
महतो चितवन र दलबहादुर नेपाली पर्वतका हुन् ।
केसीका अनुसार मुकुन्द पौडेल भन्ने व्यक्तिले आठ आठ लाख रुपैयाँ लिएर
दिल्लीको बाटो हुँदै जाने भनेर नयाँ दिल्ली पठाएको र नयाँ दिल्लीबाट
विवेक भन्ने भारतीय दलालले पपुवा न्युगिनी पढाएका थिए ।
कोरियामा धरपकड
कोरियाली सरकारले अवैधानिक प्रवासि मजदुरहरुका लागि नयाँ नियम लागू गरेको
छ । उक्त नियमअनुसार लुकीछिपी बसेका अवैधानिक कामदारहरु ससम्मान
स्वेदशफिर्ता नभए कडा सजाय दिइने भएको छ ।
पछिल्लो समयमा अवैधानिक कामदारहरुबाट हिंसात्मक गतिविधि बढ्दै गएपछि
त्यहाँको अध्यागमन विभागले अवैधानिक कामदारहरुलाई नियन्त्रण गर्न नयाँ
नियम ल्याएको कान्तिपुर दैनिकमा खबर छ । विभागले अवैधानिक कामदार भएको
कम्पनी अवलोकन गर्न साना तथा मझौला उदोगहरुलाई पूर्व सूचना दिइने पनि
जनाएको छ ।
त्यस्ता उद्योगहरुमा अवैधानिक कामदार प्रयोग गरेकोपाइएमा रोजगारदातालाई २
करोडवन (१८ हजार १० अमेरिकी डलर) अथवा तीन बर्ष जेल सजाय उल्लेख गरिएको छ

No comments:

Post a Comment