Monday, September 24, 2012

छतबाट खसेर प्रहरीको मृत्यु

८ असोज, चितवन । चितवनमा ड्यूटीमा रहेका एक प्रहरी छतबाट खसेर मृत्यु
भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान जीवन राई
कार्यालयको सपिङ कम्प्लेक्सको हाइप्वाइण्ट पोस्टमा कार्यरत रहेको
अवस्थामा छतबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ । छतबाट लडी गम्भीर
घाइते भएपछि भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले
जनाएको छ।
भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि उनलाई भरतपुर मेडिकल कलेजमा लगिएको
थियो । शरीरको भित्री भागमा गम्भीर चोट लागेका कारण उनको ज्यान गएको
चिकित्सकलेजनाएका छन् । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा
राखिएको छ ।

No comments:

Post a Comment