Monday, September 24, 2012

मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु

७ असोज, लमजुङ । लमजुङको सिन्दुरे गाउँ विकास समिति वडा नम्बर १,
ठूलोस्वारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । तनहुँको श्याम्घा
गाउँ विकास समिति वडा नम्बर ८ घर भइ हाल माइती घरमा बस्दै आएकी ३१
बर्षिया देबी दुराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको
हो ।

No comments:

Post a Comment