Wednesday, September 19, 2012

बन्जाडेको जिउदै मृत्‍युदर्ता /०६५ सालमा मृत्‍युदर्ता २०६७ सालमा नागरिकताको प्रमाणपत्र दिएको खुलासा

मान्छेको मृत्‍यु पछी मृत्‍युदर्ता भयो त स्वभाविकै हो तर मान्छेको
मृत्‍यु भएको भनेर दर्ता भएपछी पनि सोही ब्यात्तीको नाममा नागरिकता
प्रदान गरिन्छ भने त्यो भन्दा अझ फितलो प्रशासनको लाचारी पन अन्य के होला
? मान्छे जिवितै , तर हुन्छ मृत्‍युदर्ता , मृत्‍युदर्ता भए पछी पनि
त्यही प्रशासनले सोही ब्यात्तीलाई नागरिकता दिईन्छ भने त्यो लाचारी पनलाई
के भनिन्छ ? कुनै मान्छे जिउदै र आफ्नो दैनिक रोजिरोटी ज्यालामजदुरी गरेर
दैनिकी चलाई रहदा उनको नाममा मृत्‍यु दर्ता भएको भन्ने सुन्दा तपाईं लाई
अचम्म लाग्न सक्ला । त्यो पनि सरकारी उच्च पदस्त कर्मचारी बाट यस्तै काम
हुन्छ ।
यस्तै घटना भएको छ अर्घाखाँचीको धारापानी गाविसमा ।अर्घाखाँची धारापानीकी
चन्द्रकला बन्जाडे जिवितै छिन तर उनको नाममा मृत्‍युदर्ता भएको छ ।
मृत्‍युदर्ता गाविसमा भए पछी पनि उनलाई नेपाली नागरिकता परिचय पत्र पनि
दिईएको छ । कस्तो प्रशासन अनुमान गर्नुस् । हुनत सत्य कुरा बाहिर आउँदा
पत्तिंकार र संचार सस्थालाई ज्यानमार्ने धम्की समेत नआउने होइनन तर पनि
यो पत्तिंकारले जोखिम मोलेर यो समाचार तयार पारेको हो ।
सबै विवरण पढ्नुहोश :
बुटवलका एक बहालवाला सरकारी कर्मचारीले आफ्नी जिउदी श्रीमतीको
मृत्युदर्ता प्रमाणपत्र बनाएको रहस्य खुलेको छ । आफ्ना तीन श्रीमतीमध्ये
माइलीलाई उनले जिउदो छदै मरेको प्रमाणित गरेका हुन् ।
हेभी इक्विपमेन्ट डिभिजन कार्यालय बुटवलमा सरुवा भएका पश्चिमाञ्चल राजश्व
कार्यालय बटवलका लेखापाल कृष्णकुमार बन्जाडेले यस्तो गरेको रहस्य खुलेको
छ ।दुई महिना अघि डिभिजन कार्यालयमा सरुवा भएको भएपनि उनी पुरानै
कार्यालयमा बस्न राजनीतिक लविङ गरिरहेको र नयां कार्यालयमा नगएको
कार्यालय स्रोतले बताएको छ । उनले आफ्नी श्रीमती चन्द्रकला थापा
बन्जाडेको मृत्युदर्ता प्रमाणपत्र २०६५ सालमा बनाएका थिए । यता
चन्द्रकलाले २०६७ सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।
बन्जाडेले अर्घाखाँची जिल्लाको धारापानी गाविसबाटचन्द्रकलालाई मृतक भनी
सरकारी कागजात बनाएका खुलेको छ । बन्जाडेले दिएको निवेदनका आधारमा
गाविसले सत्यतथ्य नबुझी मृत्युदर्ताको प्रमाणपत्रदिएको पाइएको छ । २०६५
साल मंसिर २ गते जारी प्रमाणपत्रमा गाविस सचिव जीवनारायण चुदालीको
हस्ताक्षर रहेको छ ।
प्रमाणपत्रको दर्ता नं ७ मा पारिवारिक लगत फारम नं. ४० मा लेखिएको छ, 'यस
कार्यालयमा खडा गरिएको मृत्युदर्ता किताबअनुसार प्रमाणित गरिन्छ कि सूचक
श्री कृष्ण बन्जाडेले भरेको अनुसूची ३ को सूचना फारमबमोजिम श्री
जुद्धबहादुर थापाको नाती श्री डम्बरबहादुर थापाको छोरा कृष्ण बन्जाडेकी
श्रीमती अर्घाखाँची जिल्ला धारापानी गाविस वडा नं. ९ मा बस्ने वर्ष ३२ की
चन्द्रकला थापा बन्जाडेको मिति २०६०।१२।०७ गते म्याग्दीमा मृत्यु भएको हो
।'
गाविसद्धारा ०६० सालमै मृत घोषति चन्द्रकलाले ७ वर्षपछि नेपाली
नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालय
अर्घाखाँचीबाट २०६७ चैत्र १६ गतेको मितिमा सहायक प्रमुख जिल्ला
अधिकारीभीमकान्त शर्माले नेपाली नागरिक भएको प्रमाणित गर्दै नागारिकताको
प्रमाणपत्र दिएका छन् । उनको नागरिकता प्रमाणपत्र नं. ४० -१०१९र १३८७
रहेको छ ।
गाविस सचिव चुदालीले भने मृत्यु दर्ताको प्रमाणपत्र आफूले नबनाएको दाबी
गरे । उनले भने, 'म कृष्ण बन्जाडे र चन्द्रकला बन्जाडेलाई राम्रोसग
चिन्छु । उहाहरुको पहिलेदेखि नै पारिवारिक कलह थियो। चन्द्रकला अहिले
बुटवलतिर हुनुहुन्छ रे , मैले दिएको प्रमाणपत्र होइन त्यो । यो सरासर
गाविसको लेटरप्याड र छाप तथा मेरो हस्ताक्षरमा जालसाझी गरिएको हो
।'बन्जाडेले चन्द्रकलालाई माइली श्रीमतीका रुपमा मागेरै बिहे गरेको
बुझएिको छ ।
यसबारे बन्जाडेलाई सम्पर्क गर्न खोज्दा संपर्क हुन सकेन । उनको फोन
पटक-पटकको प्रयासमा पनि उठेन ।
यता चन्द्रकला भने रुपन्देहीको शंकरनगर गाविस वडा नं. ५ मा एउटा ओत
लाग्ने टहरो बनाएर बसिरहेकी उनले आफ्नो दैनिक गुजारा ज्यालामजदुरी र
मेलापर्वबाट चलेको बताइन् । आफूलाई मृत्यु भएको प्रमाण पत्र बनाएको भन्ने
सुन्दा उनले अचम्म लागेको बताइन् । बन्जाडेको यातना सहन नसकेपछि एक
छोरीको भविश्य सोंचेर आफूले घर छोडेर हिंडेको उनले बताइन् । ज्याला
मजदुरीबाट पाएको धेरथोर पैसाले छोराछोरी सानी छोरी र आफ्नो जीवन
चलाइरहेको उनले बताइन् ।
बन्जाडे भने बुटवल नगरपालिका वडा नं. १४ मा कान्छी श्रीमतीसगं बस्छन् ।

No comments:

Post a Comment