Monday, September 24, 2012

डाँको छाडेर धारे हात लाउँदै बाहिरिए शिविरका लडाकू लडाकुलाई ४५ दिन विदा 11

असोज, काठमाण्डौ । एउटा यस्तो जमाना थियो । प्रचण्ड-बाबुरामका सार्वजनिक
विज्ञप्ति वा सन्देशका भरमा मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले
तिनै नेतालाई धारेहात लगाउँदै शिविर छाडिरहेका छन् । पछिल्लोपटक चितवनको
शक्तिखोरस्थित तेस्रो डिभिजनमा एउटा त्यस्तै घटना भएको छ । मेडिकल
चेकअपका क्रममा सेनामा जान अयोग्य ठहरिएपछि एक लडाकुले बिलौना गरेको
देखेर सबैको आँखा रसाए । शक्तिखोर मुख्यालय स्रोतका अनुसार
देलखा स्थायी घर भएका निराजन उपनामका बटालियन सहायक कमाण्डर रुँदै घर
गएका छन् । मेडिकल जाँचका क्रममा उनीसहित १२ जनालाई सेनामा जान अयोग्य
ठहर्याइएको थियो । त्यसअघि अधिकृतबाहेकका दर्जाका लागि २ सय १६ जनाले
लिखित परीक्षा दिएकामा २ सय १५ जना उत्तीर्ण भएका थिए । उनका एक
सहकर्मीका अनुसार निराजन राष्ट्रिय सेनामा भर्ती भएर देशको सेवा गर्ने
इच्छा रहेको बताउने गर्दथे । सेनामै जाने सोचअनुसार कक्षा ८ उत्तीर्ण
गरेका उनले यसैवर्ष प्राइभेटतर्फबाट एसएलसी पास गरेका हुन् । उनी हाल
कक्षा ११ मा अध्ययनरत थिए । माओवादी सशस्त्र युद्धका बेला २० भन्दा बढी
मोर्चामा लडेका उनको पेटमा गोली लागेकाले अयोग्य ठहरिएको बताइएको छ ।
उनले छनौट समितिका सदस्यहरु समक्ष शल्यक्रिया गरिसकेको र आफू पूर्णरुपमा
ठीक भएकाले काम गर्न सक्ने भन्दै अनुनयबिनय गरेका थिए । तर आफ्नो आग्रह
अस्वीकृत भएपछि उनी डाँको छोडेर रोएको एक लडाकुले अनलाइनखबरलाई बताए ।
'मेरो घाउ निको भइसकेको छ । मलाई नेपाली सेनामा भर्ना भएर राष्ट्रको सेवा
गर्ने इच्छा छ । प्लिज मलाइ छनौट गरिदिनुस् ।' निराजनले छनौट समितिसमक्ष
गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो । जवाफमा छनौट समितिका सदस्यले
गोली फियो नै नभएका कारण सेनामा भर्ती गराउन नसक्ने बताएको बुझिएको छ ।
'तपाइँको भावना हामी बुझ्छौँ तर गोलीले तपाइँको फियोमै असर पुगेकाले
चाहेर पनि हामीले तपाइँलाई छनौट गर्न सकेनौँ ।' छनौट समिति सदस्यको भनाइ
थियो । छनौट समितिले जवर्जस्ती उत्तीर्ण गराउँदा तालिमका क्रममा असफल भए
पुनस्र्थापनामा जान नपाइने भन्दै ६ लाख रुपैयाँ लिएर घर जान निराजनलाई
आग्रह गरेका थिए । 'उहाँले मेरो रोजाई सेनामै जाने हो भनेर आधा घण्टाजति
रोइकराई गर्नुभयो, छनौट समितिका सदस्यले तपाइँको अवस्थादेखि हामी चिन्तित
छौं, बाहिर पठाउने चाहना थिएन तर अहिले बाहिर जानुभएन भने पुर्नस्थापनाको
रकम पनि पाउनुहुन्न भनेर तर्साए ।' एक कम्पनी सहायक कमाण्डरले
अनलाइनखबरसँग भने । जतिसेकै प्रयास गरेपनि समायोजनमा जान लायक नभएपछि उनी
प्रचण्ड र बाबुरामले जीवन बर्बाद पारे', भन्दै
घरतर्फ लागेको उनीनिकट एक लडाकु बताउँछन् । निराजनले यसअघि रनिङ, हाइट,
वेट, लिखित र प्रि मेडिकल पास गरिसकेका थिए । नेपाली सेना र लोकसेवा आयोग
सम्मिलित भर्ना छनौट समितिले परीक्षामा पास हुने १ हजार ३ सय ८८ लडाकूको
छनौट गरेको छ । लडाकुलाई ४५ दिन विदा नेपाली सेनामा भर्नाका लागी छनौट
भएका माओबादीका पुर्व लडाकुहरुले ४५ दिने विदा पाउने भएका छन् । सेना
समायोजन विषेश समितिको निर्णय अनुसार उनिहरुलाई ४५ दिने विदा दिन लागेको
सचिवालयले जनाएको छ । विदाबाट फर्किए लगत्तै उनिहरुलाई सेनामा समायोजनका
लागी आवश्यक तालिम दिईने नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले
जानकारी दिनुभयो । माओबादीका पुर्वलडाकुहरु र नेपाली सेनालाई मिलाएर
बनाउने भनिएको महानिर्देशनालायको पुर्ण खाका आएपछि उनिहरुलाई
महानिर्देशनालयमा भर्ना गरिने क्षेत्रीले जानकारी दिनुभयो । उनिहरुका
लागी आवश्यक तालिम र महानिर्देशनालयको पुर्ण खाकाका वारेमा पनि विषेश
समितिले निर्णय गर्नु पर्ने भएको छ । विषेश समितिका सदस्य भिम रावलले
माओबादीका पुर्वलडाकुहरु विदामा गएका बेला महानिर्देशनालयको पुर्ण खाका र
उनिहरुलाई दिईने तालिमका वारेमा निर्णय गरिने बताउनु भयो । माओबादीका
पुर्वलडाकुहरु ३५ प्रतिशत र नेपाली सेनाका ६५ प्रतिशत मिलाएर
महानिर्देशनालय बनाउने निर्णय विषेश समितिले यसअघि नै गरि सकेको छ । तर
त्यसको पुर्ण खाका भने बन्न सेकेको छैन् ।

No comments:

Post a Comment