Monday, September 24, 2012

२३ केजी चरेससहित एक जना पक्राउ

८ असोज, हेटौंडा । प्रहरीको गस्ती टोलीले मकवानपुर जिल्ला हाँडीखोला
गाविस-७ मसिनेमा आज बिहान करिब साढे २३ केजी प्रशोधित चरेससहित एक जनालाई
पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाँडीखोला -५ बस्ने ३५ वर्षीय
सुकदेवबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तामाङसहित अन्य तीनजना उक्त चरेस लिई हेटौंडातर्फ आउँदै गर्दा
सुकबहादुरलाई मात्र मसिनेगाउँमा पक्राउ गरिएको थियो । फरार रहेकाहरूको
खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment