Friday, August 17, 2012

मेलम्चीको सुरुङ खन्न अझै१३ बर्ष लाग्ने

१ भदौं, काठमाण्डौं । आर्थिक बर्ष ०७२/०७३ को अन्त्यसम्ममा सक्ने लक्ष्य राखिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्नमात्रै अझै १३ बर्षभन्दा पनि बढी लाग्ने भएको छ । सुरुङ खन्न सुरु भएको तीन बर्ष पुरा हुँदा ठेकेदारले चिनियाँ कम्पनीले करिव पाँच किलोमिटरमात्र सुरुङ खनेको छ, २६ किलोमिटर खन्न बाँकी छ ।
पहिला सहमति गर्दा आर्थिक बर्ष ०७०/७१ को अन्त्यसम्ममा मेलम्ची आयोजना अन्त्य गर्नेलक्ष्य राखिएको थियो । तर, गत महिना लगानीकर्ता एडिबी, नेपाल सरकार र चिनियाँ ठेकेदार कम्पनीबीच भएको संयुक्त बैठकले सन् २०१५ सम्मको म्याद बढाएको छ । तर सो अवधिमा पनि सकिने सम्भावना नरहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ व्युरो ग्रुप जेभीले हाल बर्षमा एक किलोमिटरभन्दा धेरै कम अर्थात ६ सय मिटरमात्र सुरुङमार्ग निर्माण गरिरहेको छ । उसले टेन्डर सकार्दा दैनिक ३० मिटर सुरुङमाग खन्ने सम्झौता गरेको थियो । तर, उसले हाल दैनिक औसतमा १दशमलब ६ मिटरमात्र सुरुङ खनेको कार्यप्रगति प्रतिवेदनमा देखाईएको छ । यसरी काम ढिलो गरी गर्ने हो भने मेलम्चीको सुरुङ खन्नमात्र अझै १३ बर्ष लाग्ने छ ।

No comments:

Post a Comment