Tuesday, October 1, 2013

अमेरिकाजाने इडीभी आवेदन आजदेखि खुला

१५ असोज, काठमाडौं । सन् २०१५ डिभी कार्यक्रमको लागि आजबाट आवेदन खुला
हुँदैछ । आवेदन नोभेम्बर २ मध्यान्ह (इस्टर्न स्टयान्डर्ड टाइम) सम्म
खुला रहनेछ । डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्ने काठमाडौंस्थित
अमेरिकी दूतावासले जनाएको छ ।
आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन र पारिवारिक
सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिन दूतावासले सुझाव
दिएको छ ।
कसरी भर्ने
डाइभर्सिटी भिसा चिट्ठाको लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता
गर्नु पर्नेछ । आवेदन फाराम www.dvlottery.state.gov मा प्राप्त गर्न
सक्नुहुनेछ । दर्ता गर्ने समयमा तपाईंले आˆनो श्रीमान वा श्रीमति तथा २१
वर्ष मुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ
। पारिवारिक सदस्यका नाम उल्लेख नगरिएमा तपाईंको आवेदन रद्द हुनेछ ।
तपाईंले केवल एउटा आवेदन मात्र बुझाउन सक्नुहुनेछ । एउटाभन्दा बढी आवेदन
बुझाउनुभएमा तपाईं डिभीका लागि अयोग्य ठहरिनुहुनेछ ।
दर्ता पूरा गरिसकेपछि आफ्नो कन्फर्मेशन नम्बर प्रिन्ट गरी सुरक्षित
राख्नु पर्नेछ । यो नम्बर मार्फत् मात्र तपाईंले आफूलाई डिभी परे नपरेको
थाहा पाउन सक्नुहुनेछ । आवदेकहरूले आवेदन भर्ने क्रममा आफ्नो ईमेल ठेगाना
पनि भर्नुपर्ने हुन्छ । तर, डिभी विजेताहरूलाई ईमेल मार्फत् जानकारी
नगराइने दूताबासले प्रष्ट पारेको छ । ।
डिभी परे नपरेको सन् २०१४ मे १ पछि www.dvlottery.state.gov मा गई आˆनो
कन्फर्मेशन नम्बर हाली हेर्ने सकिनेछ । यदि तपाईं छनौट हुनुभएको रहेछ भने
तपाईंले अब के-के गर्नुपर्छ भन्ने बारे उक्त वेबसाइटमा निर्देशनहरू
दिइएको हुन्छ । त्यहाँ तपाईंले डिभी फारम भर्दा दिनुभएको ईमेल ठेगानामा
अपोइन्टमेन्टसम्बन्धी जानकारी पठाइने बारे उल्लेख गरिएको पाउनुहुनेछ ।
डिभी आवेदकले आˆनो कन्फर्मेशन नम्बर सन् २०१५ जुन ३० सम्म सुरक्षित
राख्नु पर्नेछ ।
डिभी पर्दैमा भिसा पाइँदैन
डिभीका लागि छनौट हुँदैमा भिसा पाइहान्ने सुनिश्चित नहुने काठमाडौंस्थित
अमेरिकी दूतबासले प्रष्ट पारेको छ । सबै डिभी विजेताहरूलाई
अन्तर्वार्ताका लागि बोलाइदैन । यदि तपाईंलाई अन्तर्वार्ताका लागि
बोलाइएको खण्डमा कन्स्युलर अधिकृतले तपाईं अमेरिकी आप्रवासी कानून बमोजिम
डिभीका लागि योग्य भए नभएको निर्धारण गर्नेछ । आवेदकले
www.dvlottery.state.gov मा उल्लेख गरिए बमोजिमको शैक्षिक वा कार्य अनुभव
लगायतका आवश्यकताहरू पूरा गरेको हुनुपर्दछ ।
शैक्षिक योग्यता
शैक्षिक योग्यता अन्तर्गत कम्तीमा १२ वर्षको औपचारिक शिक्षा हासिल गरको
हुनुपर्दछ (सामान्यतया एस्.एल.सी+२) । प्लस टु प्राइभेट परिक्षालाई
मान्यता दिइँदैन र सीमित शैक्षिक कार्यक्रममा पढाई गर्न पाउने खालका
व्यावसायिक डिग्रीहरू डिभी कार्यक्रमको उद्देश्यका लागि बाह्र वर्ष
बराबरको औपचारिक शिक्षा मानिने छैन ।

No comments:

Post a Comment