Friday, May 11, 2012

बन्द दोस्रो दिन पनि जारी, ट्याक्सीमा आगजनी

काठमाडौँ, वैशाख, २९ - राष्ट्रिय अखण्डता र भावी संविधानमा आफ्नो पहिचान कायम हुनुपर्ने मागसहितसंयुक्त सङ्घर्ष समितिको दुईदिने नेपाल बन्दको दोस्रो पनि उपत्यकाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण दशजोड दुई र स्नातक तहको परीक्षामा सामेल हुन विद्यार्थीहरु र कर्मचारीहरु पैदलै हिंडिरहेको देखिन्थ्यो।
क्षेत्री, ब्राह्मण, दसनामी सन्यासी, ठकुरी, दलित, पिछडावर्गलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने मागसहित आह्वान गरिएको बन्दका क्रममा बन्दकर्ताहरुले आज नयाँवानेश्वरमा बा१ज ५५०२ नम्बरको ट्याक्सी जलाइदिएका छन्।
क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज नेपाल, दसनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण समाज, खस क्षत्री समाज र पिछडावर्ग समाजको सहभागिता रहेको सो सङ्घर्ष समितिको बन्दका कारण आज दोस्रो दिनपनि उपत्यकाका शैक्षिक संस्था, उद्योग/कलकारखाना, यातायात, पसललगायत ठप्प छन्।
बिहानदेखि नयाँबानेश्वर, कोटेश्वर, सातदोबाटो, कलङ्की, कालीमाटी, गोङ्गबु, महाराजगन्ज, चाबहिललगायतका क्षेत्रमा नारा, जुलुससहित बन्दकर्ताहरु हिजोको तुलनामा कडारुपमा आज उत्रिएका छन्। उनीहरुले चोकचोकमा छिटफुटरुपमा चलेका मोटरसाइकललाई चेकजाँच गरिरहेका छन्।
समितिले आधुनिक नेपालको निर्माण हुनुअघिदेखि नैनेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही जातिको पहिचानसहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै दुईदिने बन्दमा उत्रिनुपरेको जानकारी दिँदै क्षेत्री समाज नेपालका उपाध्यक्ष योगेन्द्र कार्कीले नयाँ संविधानमा सबै जातजातिको अधिकारको सुनिश्चित हुनुपर्नेमा जोड दिए।
बन्दका क्रममा एम्बुलेन्स, विदेशी कूटनीतिक नियोग र सञ्चार माध्यमका सवारी साधनलगायत अतिआवश्यकीय सेवा पनि फाट्टफुट्टरूपमा सञ्चालनमा छन् भने बन्दका क्रममा अप्रिय घटना हुन नदिनका लागि ठूलो मात्रामा सुरक्षाकर्मीहरुपरिचालन गरिएको छ। -रासस
--------
१४- बन्दकर्तालाई चन्दा र पानी सहयोग
तनहुँ, २९ वैशाख। ब्राम्हण क्षेत्री संयुक्त सङ्घर्ष समितिले जातीय राज्यको विरोध र आफ्नो जातिको पहिचाहनको माग गर्दै बिहीबारदेखि गरेको दुईदिने नेपाल बन्दमा तनहुँमा भने सर्वसाधारणलेबन्दकर्तालाई चन्दा र पानी दिएर समर्थन जनाएका छन्।
आन्दोलनमा सक्रिय भूमिका खेलेका क्षेत्री, ब्राम्हण, दशनामी, दलित, ठकुरी, रानाभाट, गिरी, पुरीलगाएतका जातीय समाजले रु पाँच/पाँच हजारका दरले रु ३५ हजार र अन्य व्यक्तिबाट स्वेच्छिक सहयोग रु २७ हजार गरी रु ६२ हजार रुपैयाँ सङ्कलन भएको ब्राम्हण समाज तनहुँका सचिव मदन पण्डितले जानकारी दिनुभयो।
...चन्दा सङ्कलनमा कसैलाई दबाब दिएका छैनौ'- ब्राम्हण समाजका कोषाध्यक्ष कोपिलमणि पौडेलले भन्नुभयो-आन्दोलनमा आएकाहरुले स्वतःस्फूर्तरुपमा आफूले सक्दो सहयोग गरेर बन्दप्रति समर्थन जनाएका छन्।
उक्त सङ्कलित रकममध्ये आन्दोलनमा हुने व्यव्ास्थापनका लागि खर्च गरिने र बाँकी रकम सर्ङ्घष समितिमा नै राखिने क्षेत्री समाज तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो।
बन्दका कारण यहाँका सबै व्यापार व्यवसाय समेत ठप्प हुँदा जनजीवनमा भने प्रभावित भएको छ। रासस
प्रतिक्रियाहरू

No comments:

Post a Comment