इलाम, जेठ ३२ (नागरिक)- वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका गजुरमुखीका एक युवाकोदुर्घटनामा परी मृत्यु भएको छ। मलेसियाको शोनीको कमब्यक कटी कम्पनीमा कार्यरत गजुरमुखी -४ का २३ वर्षीय रत्न लिम्बू कारको ठक्करबाट गत मंगलबार राति मृत्यु भएको परिवारजनले बताएका छन्।
उनका दाजु रोशनले कामबाट फर्कदै गरेको लिम्बूको घटनास्थलमै ज्यान गएको खबर बिहीबार आएको जानकारी दिए। गत मंसिरमा मलेसिया पुगेका लिम्बूको शव नेपाल ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रियाहरू
No comments:
Post a Comment