Friday, August 17, 2012

वाग्लेले भने- ‘जेलभित्र पनि राजनीति हुँदोरैछ’

१ भदौ, काठमाण्डौ । भ्रष्टाचारको आरोपमा जेल बसेर निस्किएका नेपाली कांग्रेसका नेता चिरञ्जिवी वाग्लेले जेलभित्र पनि राजनीति हुन थालेको बताएका छन् ।
राजनीतिज्ञबाट कैदीमा परिणत भएपछि उनले जेल वस्दा गरेका अनुभव नयाँ पत्रिकासँग बाँड्दै भने- जेल अब पहिलेजस्तो रहेन, त्यहाँ पनि राजनीति हुँदो रहेछ ।’ ३०-३१ सालतिर धेरैजसो चोरी डकैतीकामात्र मुद्दामा जेल पर्ने र उनीहरुको खर्च गर्ने क्षमता कम हुने भएपनि अहिले जेलभित्र खर्च गर्न सक्ने मान्छे देखेको वाग्लेले बताए।
‘जेलमा पनि राजनीतिमा जस्तै चलखेल हुने रहेछ । जेलमा आन्तरिक प्रशासनमा काम गर्नेहरुको चार्मिङ पनि बेग्लै हुन्छ । बाहिर निस्केर किनमेल गर्न पाउँछ, जेलर र प्रहरीसँग निकटता हुन्छ । त्यसकारण आन्तरिक प्रशासनमा नियुक्त हुन कहिलेकाहीं बल प्रयोग पनि हुने रहेछ ।’- वाग्लेले भनेका छन- राजनीतिमा जसरी एउटालाई सिध्याएर आफु माथि जाने खेल हुन्छ, जेलमा पनि त्यस्तै हुँदो रहेछ ।’
पहिले आफुसँगै काम गरेका जेपी गुप्तासँग जेलभित्र भेटभइरहेपनि कुरा नमिलेको वाग्लेले खोलेका छन् । थारुले नै मधेसी आन्दोलनमा साथ नदिएपछि कसरी मधेस राज्य हुन्छ भन्दा उनले जवाफ दिन नसकेको वाग्लेले वताए । अर्का मन्त्री श्यामसुन्दर पनि डिल्लीबजार जेलमा थिए तर अर्को ब्लकमा भएका कारण कहिलेकाहीं मात्र भेट हुने गरेको वाग्लेले सुनाए ।
अझै २०-२५ बर्ष बाँच्ने आश गरेको वाग्ले आधा समयजति लेखपढ गरेर सक्रिय जीवन बिताउने बाँकी समय रिटायर्ड जीवन बिताउने योजनामा छन् । जेलभित्र लेखिसिध्याएको उपन्यास प्रकाशनको तयारीमा छ। पहिले आफु शक्तिशाली हुँदा धेरै मान्छे भेट्न आउने गरेको भएपनि अहिले शक्तिमा नहुँदा मान्छेहरु भेटन पनि नआउने दुखेसो वाग्लेले पोखे

No comments:

Post a Comment