Friday, August 24, 2012

बाँदरले बाली खाएपछि प्रशासनमा उजुरी

८ भदौ, नुवाकोट । बर्षदिनका लागि बारीमा रोपिएको मकै खाएर हैरान पारेपछि नुवाकोटको मदानपुर गाविसका स्थानीयबासीले बाँदरमाथि कारबाहीको माग गर्दै प्रशासनमा उजुरी दर्ता गराएका छन् । खेतबारीमा लगाएको बाली बाँदरले नष्ट गर्न थालेपछि स्थानीयबासिन्दा बाँदर नियन्त्रण गर्न बुधबार प्रशासन गुहार्न सदरमुकाम गएका थिए ।
किसान बाँदरले बारीका सबै बाली नष्ट गरेकाले नियन्त्रणर त्यसको क्षतिपूर्ति मागसहित जिल्ला प्रशासनमा गएको उनीहरुले बताए ।
खेतबारीमा लगाएको बालीनाली जोगाउन नसकेपछि प्रशासनबाट सहयोग पाईने आशमा जिल्ला प्रशासनमा निवेदन दिएको मदानपुर गाविसका रामप्रसाद थपलियाले बताए । बाँदरले मकै, धान, कोदो, तरकारी नष्ट गरेपछि दुःख गरी हुर्काएका बालीको क्षतिपूर्ति दिन उनीहरुले प्रशासन समक्ष माग गरेको खबर नयाँपत्रिका दैनिकमा छ ।
यसमा तपाइको मत

No comments:

Post a Comment