Monday, March 18, 2013

बुहारी र नातीको मृत्युको खबर सुनेपछि सासुको ज्यान गयो

खगेन्द्र अधिकारी, ताप्लेजुङ, चैत ५ - आफ्नी बुहारी र नाती मृत भेटिएको
खबर सुनेर ताप्लेजुङ साँवाकी एक वृद्धाको अचानक ज्यान गएको छ। बुहारी र
नाती मृतभेटिएको खबर सुनेको केही समयपछि सासु बुद्धरानीको पनि ज्यान गएको
स्थानीय मंगलसिंह साँवाले जानकारी दिए।
एउटै घरका ३ जनाको मृत्यु भएको यो क्षेत्रमा सोही घरका १४ दिनका एक शिशु
भने बेपत्ता छन्। साँवा गाविसको दलैंचाका-३८ वर्षीया कमला लिम्बु र उनका
५ वर्षीय छोरा आज बिहान मेवा खोलामा तैरिई रहेको अवस्थामा फेला परेका
थिए।
कमलाकी १४ दिनका एक शिशु भने बेपत्ता छन्। स्थानीयका अनुसारकमलाले आफ्ना
५ वर्षे र १४ दिनकाशिशुलाईसँगै लगेकी थिइन्। १४ दिनका शिशुको अवस्था
अज्ञात रहेको छ। स्थानीयहरुले कमलाले आफ्ना सन्तानका साथ आत्महत्या गरेको
हुन सक्ने अनुमान लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले भने घटना
बारे अनुसन्धान जारी रहेको भन्दै शवको पोष्टमार्टमपछि मात्रै विस्तृत
जानकारी बाहिर आउने बताए। उनले पानी परिरहेको र परिचालित टोलीसँग सम्पर्क
स्थापित हुन नसकेकोले शव बाहिर निकाल्ने कार्यबारे जानकारी आउन नसकेको
बताए। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ।
कमलाका श्रीमान् लालबहादुरको १५ महिना अघि मृत्यु भएको थियो। श्रीमानको
मृत्युपछि उनको बच्चा भएको भन्दै गाउँलेले जिस्क्याउन थालेपछि उनले
आफ्ना२ सन्तानका साथ आत्महत्या गरेको हुन सक्ने गाउँलेको अनुमान छ।
यद्यपी घटनाको स्वतन्त्र पुष्टि भने भएको छैन। उनका ८ र १० वर्षका २
छोराहरु घरमै छन्। आमाछोराको शव ५ मिटरको फरकमा खोला छेउमा तैरिइ रहेको
अवस्थामा फेला परेको र शिशुको अवस्था पत्तो लाग्न नसकेको प्रहरीको भनाइ
छ।

No comments:

Post a Comment