Friday, August 24, 2012

साउनमा ३२ हजार कामदार विदेसिए

८ भदौ, काठमाण्डौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा ३२ हजार ६ सय नेपाली कामदार रोजगारका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा गतबर्ष सोही महिनाको तुलनामा विदेसिने नेपालीको संख्या साढे १२ हजारले घटेको छ ।
तथ्यांकअनुसार गत साउनमा १२ हजार सात सय ३२ वना नेपाली पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि गएको खबर अन्नपूर्ण पोष्ट दैनिकलेछापेको छ । पुनः विदेसिने सहितको संख्या जोड्दा साउनमा४५ हजार नेपाली कामका लागि बाहिरिएका छन् ।
जसमध्ये सवैभन्दा बढी मलेसिया गएका छन् । मलेसिया जाने कामदारको संख्या १३ हजार नौसय सात छ । त्यस्तै साउदी अरेबियामा सात हजार नौसय ३५ जना, कतारमा पाँचहजार नौ सय ६५ जना र संयुक्त अरब इमिरेट्समा तीन हजार ४९ जना नेपाली कामदार गएको तथ्यांकमा उल्लेख छ ।

No comments:

Post a Comment