Thursday, August 16, 2012

कांग्रेस-एमालेले १ लाख उतारे हामी १० लाख उताछौं: प्रचण्ड

३२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले सहमतिमा नआए सडकबाटै छिनोफानो गर्न आफूहरु तयार रहेको बताउनु भएको छ ।
आफूहरु मुठभेडका लागि इच्छुक नरहेको तर, सहमतिमा नआए सडकबाटै छिनोफानो गर्न उहाँको भनाई छ । बिहीबार आफ्नै निवास लाजिम्पाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो-’सहमति नभए हामी सडकबाटै छिनोफानो गर्न तयार छौं । उनीहरुले सडकमा १ हजार ल्याउँछन् भने हामी २ हजार ल्याउँछौं । उनीहरुले १ लाख ल्याउँछन् भने हामी १० लाख उताछौं ।’
प्रचण्डले युद्धकालमा भारतलाई चिठी लेखेर कुनै राष्ट्रघात नगरेको स्पष्टिकरण दिनुभयो । युद्धका बेला भारतलाई चिठी लेखर भारतको हितमा काम गरेकोभन्दै चर्को आलोचना भएपछि प्रचण्डले आफूले भारत, चीन र राष्ट्रसंघलाई एउटै चिठी लेखेको र सम्बोधन मात्रै फरकरहेकोले राष्ट्रघात नगरेको बताउनुभयो ।
आफूहरुलाई आतंककारी भनिएकाले सम्बन्ध सुधारका लागि चिठी लेखेको प्रचण्डको दावी छ । पहिले भन्दा अहिले आफू भारत विरुद्ध कम बोलेको कुरालाई भारतपरस्त भएको भनेर अथ्र्याउन नमिल्ने प्रचण्डले दावी गर्नुभयो ।
काँग्रेस एमाले प्रति केही दिन यता निकै आक्रामक हुँदै आएका प्रचण्डले काँग्रेस एमालेको चर्को आलोचना गर्नुभयो । सेना समायोजनमा गंभीर नभएर काँग्रेस र एमालेले हिंसा नित्याउन खोजेको प्रचण्डको आरोप छ । सेना समायोजनलाई गंभीरतापूवर्क हल नगरे समाजमा हिंसा हुने र त्यसको पहिलो शिकार पनि काँग्रेस एमाले हुने प्रचण्ड चेतावनी दिनुभयो ।
अहिलेसम्म दलहरुबीच औपचारिक वार्ता नभएको र अबको वार्तामा सेना समयोजनको पछिल्लो प्रस्तावलाई गंभीरतापूर्वक राख्ने भन्दै प्रचण्डले काँग्रेस एमालेले त्यसलाई स्वीकार नगरे लडाकूलाई फिर्ता बोलाउने बताउनुभयो ।
राजनीतिक गाँठो फुकाउन नयाँ ताकत जन्म्यो
यसैबीच माओवादी अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन मुलुको नेतृत्व गर्ने नयाँ शक्ति भएको बताउनु भएको छ । मोर्चामा नेकपा-माओवादी र एमालेका असन्तुष्ट नेताहरुले गठन गर्ने पार्टी समेत आउने भन्दै उहाँले भन्नुभयो-’हामीले बनाएको मोर्चा विस्तारै फैलिएर देशका ९० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने नयाँ ताकत बन्नेछ ।’ पाल्पामा आयोजित मगरात राज्य सम्मेलन आयोजक समितिको पहिलो बैठकलाई सम्बोधन गर्न आउनु भएका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै मोर्चामा कांग्रेस-एमोल दलमा रहेका पहिचानसहितको संघीयतापक्षधरले समेत आफ्नो नेतृत्वको मोर्चालाई साथ दिने दावी थियो ।
गठवन्धनले आफूलाई नयाँ उर्जा दिएको भन्दै उहाँले भन्नुभयो-’म अब माओवादीको अध्यक्ष मात्र रहिन, संविधानसभाका ३३ दलमध्ये २५ दलको मोर्चाको अध्यक्ष हुँदा नयाँ उर्जा पाएको ठानेको छु ।’ उहाँले नेपालको राजनीतिक गाँठो फुकाउने र समस्या समाधान गर्ने नयाँ ताकत जन्म्यो भन्ने सन्देश विश्व समुदायलाई पुगोस् भन्नु भयो ।
गठवन्धनको अध्यक्ष ममेत रहेका प्रचण्डले कांग्रेस र एमालेका एकथरी नेताहरुले राजनीतिक सहमति हुन नदिएको अरोप लगाउनु भयो । संविधानसभामा रहेका र बाहिर रहेका केही साना दललाई समेटेर बुधबार मात्र प्रचण्डको नेतृत्वमासंघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धन घोषणा गरिएको थियो ।

No comments:

Post a Comment