Thursday, August 16, 2012

खेलाले बगाएर तीन बालबालिका बेपत्ता

३२ साउन, मकवानपुर । मकवानपुरको छतिवन गाविस स्थित बकैयाखोलामा आएको बाढीले बगाएर तीनजना बालबालिका बेपत्ता भएका छन् । हेटौँडाबाट घर जानेक्रममा बाबुसँगै खोला तर्न लाग्दा बुधबार साँझ उनीहरुलाई बाढीले बगाएको हो ।
छतिवन गाविस- ९ लुर्हनाका शङ्कर मुक्तानका आठ वर्षीया छोरी शान्ति, सात वर्षीया छोरी सञ्जु र चार वर्षीय छोरा शेखर मुक्तान बकैयाखोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाबु शङ्करलाई स्थानीय बासिन्दाले खोलाबाट उद्धार गरी बचाउन सफल भएको भए पनि बालबालिकाहरुलाई उद्धार गर्न नसकिएको बताएका छन् ।
बेपत्ता बालबालिकाको विहानैदेखि खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

No comments:

Post a Comment