Thursday, August 16, 2012

चट्याङले लागेर एकको मृत्यु ७ घाईते

३२ साउन, नुवाकोट । नुवाकोटमा गएराती परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । सातजना घाईते भएका छन् । चट्याङले लागेर मदानपुर गाविस वडा नम्बर २ का प्रेम बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बडाल विदुर नगरपालिका स्थित माझिटारमा दिदिको घर आएका थिए । उनको घटनास्थल मै मृत्यु भएको हो ।
गएरातीनै चट्याङ लागेर घाईते भएका बिदुर नगरपालिका ५ का पवित्रा खनाल, २ का निर्मला परियार, बिदुर नगरपालिका ३ बाराही सुकुमबासी टोलका कल्पना मिजार र मिरा राई, बेलकोट गाविस वडा नम्बर २ सुन्दरबजारका ईन्दिरा रेग्मी, सुन्दर पन्त र हरी तिवारी रहेका छन् । घाईतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भैरहेको छ ।
चट्याङबाट बेलकोट गाविसका राम प्रसाद रेग्मीको घरमा पालेको एउटा भैसी र बाख्राहरु पनि मरेका छन्

No comments:

Post a Comment