Thursday, August 16, 2012

मृगौला पिडितले नागरिकता त्याग्ने

३२ साउन, काठमाण्डौं । उपचार सहयोगको मागगर्दै आन्दोलन गर्दै आएका मृगौला पिडितहरुले आजदेखि आफ्नो नागरिकता त्याग्ने भएका छन् । आफूहरुको मागमा सरकार गम्भीर नभएकोभन्दै मिर्गौला रोगीहरुले आजै राष्ट्रपति डारामबरण यादव समक्ष आफ्नो नागरिक्ता बुझाउँने भएका छन्।
नागरिता राष्ट्रपतिलाई बुझाइसकेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा आमरण अनसन बस्ने मिर्गौला रोगीहरुले बताएका छन् । गत २५ गतेदेखि रिलेअनसन सुरु गरेका मिर्गौला रोगीहरूले आजदेखि आमरण अनसन सुरु गर्ने भएका हुन् । रिलेअनसनमा बसेको एक सातासम्म पनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएपछि नागरिकता राष्ट्रपतिलाई बुझाउने र आमरण अनसनमा बस्ने गरि आन्दोलनका कार्यक्रम तय गरिएको मिर्गौला रोग पीडित सङ्घर्ष समिति संयोजक रमेश चालिसेले जानकारी दिनुभयो ।
मिर्गौला रोगीहरुले उपचारका लागि एकमुष्ठ रकम उपलव्ध गराउनु पर्ने, विद्यमान कानुनमा संशोधन गरी जोसुकै इच्छुक व्यक्तिले पनि मिर्गौला दान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएका व्यक्तिको तत्काल मिर्गौला निकाली प्ा्रत्यारोपण गर्ने व्यवस्था लागु गर्नुपर्ने, प्रत्येक जिल्लामा एक हेमोडायलासिस केन्द्र सञ्चालन हुनुपर्ने माग गर्दैआन्दोलनमा उर्त्रिएका छन् ।

No comments:

Post a Comment