Tuesday, August 14, 2012

भ्रष्टाचारी खड्काको पक्षमा कांग्रेस कार्यकर्ताको ताण्डव

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएपछि नेपाली कांग्रेसका कार्यकर्ताले राजधानीमा वितण्डा मच्चाएका छन् ।
सम्भावित फैसलाबारे बुझेर नैखड्काका समर्थकहरु विहानैबाट अदालत आसपास जम्माभएका थिए । सर्वोच्चले खड्कालाई भ्रष्टाचारी गहर गर्दै डेढ वर्ष कैद र १ करोड ८९लाख विगो तथा जरिवानाको फैसला सुनाएलगतै उनीहरुले खड्काको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकै लागि दाङ, नवलपरासी लगायतका ठाउँबाट कांग्रेस कार्यकर्ता राजधानी ल्याइएको बताइएको छ ।
उनीहरुले सर्वोच्च अदालत अगाडी यातायात आवागमन समेत अबरुद्ध पारेका थिए भने केही सवारीमा समेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्भावित प्रदर्शन तथा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै विहानैबाट सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
लोकतान्त्रिक नेतालाई हत्तोसाही गर्ने षड्यन्त्रः देउवा पक्ष
कांग्रेसको देउवा पक्षले पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको फैसलालाई लोकतान्त्रिक पद्धतिका लागि लडेका नेताहरुलाई हत्तोसाही गर्ने षड्यन्त्र भनेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको देउवा पक्षको बैठकले खड्काको फैसलालाई निरन्तर लोकतान्त्रिक पद्धतिमा आवद्ध व्यक्तिहरुलाई मात्र सुनियोजित रुपमा मुद्धा लगाउने, फैसला गर्ने र हत्तोसाही गर्ने अदालतको कार्यको निरन्तरता भएको भन्दै दुःख व्यक्त गरेको छ ।
यद्यपी सर्वोच्चको फैसलाको सम्मान गर्ने देउवा पक्षले बताएको छ । एक नेताका अनुसार सर्वोच्चले फैसला सुनाउने भएपछि भेलामा अनुपस्थित भएकाखड्का निरन्तर टेलिफोन सम्पर्कमा थिए ।

No comments:

Post a Comment